कोरोनाबाट ११७ नेपालीको मृत्यु

२०७७ जेष्ठ ११ गते, आईतवार

काठमाडौं, जेठ ११ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वभर कोरोनावाट ११७ नेपालीको मृत्यु भएको छ । एनआरएनएका अनुसार यो साता थप २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएई ९, साउदी अरब ५, युके २, नेपाल २, अमेरिका १, कतार १ र कुवेतमा १ जना नेपालीको यो साता ज्यान गएको हो ।
संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालको मृत्यु भएको छ । समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट (युएई) मा १८ जना नेपालीको निधन भएको छ । त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ भने साउदी अरबमा ७, नेपाल ३, कतार १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्वीडेन १, कतार १ र कुवेत १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरु