कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या २३ हजार ५८८ नाघ्यो

२०७६ चैत्र १४ गते, शुक्रबार

काठमाडौ, १४ चैत । कोरोना भाईरसका कारण विश्वभर मृत्यु हुनेको संख्या निरन्तर बढेर २३ हजार ५ सय ८८ पुगेको छ । नियन्त्रण र रोकथामको अनेकौं उपायका बीच पनि मृत्यु दरमा कमी आउन सकेको छैन ।
त्यसै गरी संक्रमण पनि निरन्तर बढेर ५ लाख १९ हजार नाघेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । शुरुमा चीनमा फैलिएको यो भाईरस त्यस पछि ईटाली स्पेन हुदै अहिले अमेरीकामा सै भन्दा धेरै संक्रमित भएका छन् । जहाँ ८२ हजार ४ सय संक्रमित भएका छन् भने मृत्यु ११ सय पुगेको छ । मृत्युका हिशाबले सबै भन्दा धेरै ईटालीमा सात हजार ५ सय भन्दा बढी रहेको छ । यो केही समय अघि सम्मको रिपार्ट हो ।

प्रतिक्रियाहरु