कोरोनाका कारण ३ लाख ४७ हजार ५ सयको मृत्यु !

२०७७ जेष्ठ १३ गते, मंगलवार

काठमाडौं , १३ जेठ । कोरोनाका कारण हालसम्म ३ लाख ४७ हजार ५ सयको मृत्यु भएको छ भने संक्रमितको संख्या ५५ लाख ८२ हजार पुगेको छ । यसै गरी निको हुनेको संख्या २३ लाख ६१ हजारपुगेको छ ।
कोरोनावाट सबै भन्दा धेरै अमेरीकामा ९९ हजार ८ सयको मृत्यु भएको छ भने संक्रमितको संख्या १७ लाख ५ हजार भन्दा बढी पुगेको छ ।
यसै गरी ब्राजिलमा कुल मृत्यु २३ हजार ४ सय ७३ छ भने संक्रमित ३ लाख ७४ हजार ८ सय ९८ छ ।
यसै गरी रुसमा ३ लाख ५३ हजार ४ सय २७ स.क्रमित छन् भने ३ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।
स्पेनमा नयाँ संक्रमण र नयाँ मृत्युको कुनै रेकर्ड देखिएको छैन । त्यहाँ कुल २ लाख ८२ हजार बढी संक्रमित छन् भने २६ हजार ८ सय ३७ जनाको मृत्यु भएको छ ।
बेलायतमा ३६ हजार ९ सय १४ जनाको मृत्यु भएको छ भने २ लाख ६१ हजार १ सय ८४ जना संक्रमित छन् ।
ईटालीमा ३२ हजार ८ सय ७७ जनाको मृत्यु भएको छ भने २ लाख ३० हजार एक सय ५८ जना संक्रमित छन् ।
जर्मनीमा एक लाख ८० हजार ७ सय ८९ संक्रमित छन् भने ८ हजार ४ सय २८ जनाको मृत्यु भएको छ ।
टर्कीमा एक लाख ५७ हजार ८ सय १४ जना संक्रमित छन् भने ४ हजार ३ सय ६९ जनाको मृत्यु भएको छ ।
भारतमा एक लाख ४४ हजार ९ सय ५० जना संक्रमित छन् भने ४ हजार १ सय ७२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरु