कोरोनाका कारण ३ लाख १९ हजार बढीको मृत्यु

२०७७ जेष्ठ ६ गते, मंगलवार

काठमाडाैँ, ६ जेठ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार विश्वमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ३ लाख १९ हजार ८ सय नाघेको छ । करिब ४८ लाख ८६ हजार संक्रमित मध्ये १९ लाख ३ हजार बढी उपचार पछि निको भएका छन् । ४४ हजार ७ सय ५४ जना संक्रमितको स्वास्थ्य गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या करिब ९२ हजार पुगेको छ । संक्रमितको संख्या १५ लाख ४९ हजार नाघेको छ । बेलायतमा २ लाख ४६ हजार ४ सय बढी संक्रमित मध्ये ३४ हजार ७ सय ९६ जनाको मृत्यु भएको छ ।
इटालीमा २ लाख २५ हजार ८ सय बढी संक्रमित र ३२ हजारको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ७९ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार २ सय नाघेको छ ।
यस्तै स्पेनमा २ लाख ७८ हजार कोरोना संक्रमित मध्ये २७ हजार ७ सय बढीको मृत्यु भएको छ ।
ब्राजिलमा २ लाख ५४ हजार बढी संक्रमित हुंदा १६ हजार ७ सय बढीको मृत्यु भएको छ ।
उता जर्मनीमा १ लाख ७७ हजार बढी संक्रमित र ८ हजार बढीको मृत्यु भएको छ ।
चीनमा ८२ हजार ९ सय बढी कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३३ पुगेको छ ।
रसियामा २ लाख ९० हजार ६ सय बढी कोरोना संक्रमितमा मृत्यु हुनेको संख्या २ हजार ७ सय नाघेको छ ।
यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्दा ३ हजार १ सय ५६ जनाको मृत्यु भएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु