कोरियाली भाषा परीक्षको नतिजा सार्वजनिक

२०७१ आश्विन २९ गते, बुधबार


काठमाडौ । दक्षिण कोरिया सरकारले ईपीएस अन्तर्गत पाँचौं कोरियन भाषा परीक्षाको परीक्षाफल आज सार्बजनिक गरेको छ।जस अनुसार ३६ सय ६३ उमेरद्वार उत्तीर्ण भएका छन्।औद्योगीक क्षेत्रका लागि २७ सय ६८ र कृषि क्षेत्र ८ सय ९५ जना उत्तीर्ण गराइएको छ । एचआरडी कोरियाले गत असोज १० र ११ गते परिक्षा संचालन गरेको थियो।
परीक्षाफल अनुसार औद्योगीक उत्पादन क्षेत्रको उमेरद्वार ९ प्रतिशत उतीर्ण छन् । यो क्षेत्रमा ८० प्रतिशत भन्दा बढी अंक ल्याउने उमेरद्वारलाई उतीर्ण गराइएको हो । त्यस्तै कृषिमा ३.२ उतीर्ण प्रतिशत रहेको छ । ७८ प्रतिशत ल्याउने उमेरद्वारलाई यो क्षेत्रमा उतीर्ण गराइएको हो ।
उतीर्ण मध्ये लिङ्गका आधारमा ३४ सय ६३ पुरुष रहेका छन् भने २ सय महिला रहेका छन् । कोरियामा महिला कामदारको माग न्यून हुने भएकाले उतीर्ण संख्या कम हुनसक्ने सोलस्थित नेपाली दूताबासका एक अधिकारीले जनाए ।
पाँचौं भाषा परीक्षाका लागि गत साउन २८ गतेदेखी ३१ गतेसम्म आवेदन खुल्ला गरिएको थियो । यो अवधिमा ६२ हजार ५ सय १४ युवाले आवेदन दिएको भए पनि ५२ हजार ४ सय ८५ पुरुष सहित ६ हजार २ सय ८५ महिलाले मात्र परीक्षा दिएका थिए ।
यसै बर्षदेखि कोरिया सरकारले भाषा परीक्षा उत्तीर्ण गर्ने सबै उमेरद्वारले सीप परीक्षणमा अनिवार्य सहभागी हुनुपर्ने नियम परिवर्तन गरेको छ । यसअघि उच्च अंक प्राप्तगर्ने मध्ये करिब ५० प्रतिशत उमेरद्वारलाई मात्र सीप परिक्षणमा सहभागी गराईएको थियो ।
त्यस्तै यसअघि ३ सय पुर्णाकको सो परीक्षण फिजिकल ५०, अन्तर्वार्ता १०० र सीप परीक्षण १०० गरि २ सय ५० मा झारिएको छ ।
ईपीएस नेपालका निर्देशक डिल्लीराम बास्तोलाले उतीर्ण भएका उम्मेदवारको सबै प्रकृया मङ्सिर महिनासम्ममा सकिने जनाए । मङ्सिरसम्ममा सबै प्रकृया सकिने भएकाले उतीर्ण भएका उमेरद्वार जनवरीदेखि कोरिया जानसक्ने बास्तोलाले जनाए ।
नतिजा www.http://epsnepal.gov.np/ बाट हेर्न सकिने जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार