कोरियामा नेपाली कामदारको तलब बढ्ने

२०७१ मंसिर २८ गते, आईतवार

काठमाडौँ । नेपाली कामदारको लागि आकर्ष गन्तब्य बनिरहेको दक्षिण कोरियामा इपिएस परीक्षाबाट गएका कामदारको अर्को महिनादेखि तलव बढ्ने भएको छ । दक्षिण कोरियाले सन् २०१५ का लागि मजदूरको न्यूनतम तलव बृद्धि गर्ने निर्ण्र्ँगै नेपाली कामदार त्यसवाट लाभान्वित हुने भएका हुन् । दक्षिण कोरियाले छ महिनाअघि नै कामदारको न्यूनतम तलव ७ दशमलव १ प्रतिशतले बृद्धि गर्ने निर्ण्रागरेको थियो । आगामी महिनादेखि वृद्धि भएको तलब कार्यान्वयनमा ल्याउन दक्षिण कोरियाको न्युनतम ज्याला निर्धारण समितिले पहल थालिसकेको जनाएको छ । समितिले कोरिया सरकारलाई पत्राचार गरेर वृद्धि गरिएको तलब कार्यान्वयनमा लगाउन आग्रह गरेको छ । समितिकै सिफारिसलाई आधार मानेर कोरिया सरकारले प्रतिवर्षन्युनतम पारिश्रमिक बढाउँदै आएको छ । नयाँ निर्ण्राछि अहिले घण्टाको ५ हजार २ सय १० वन तलव पाउने कामदारले ५ हजार ५ सय ८० तलव पाउने छन् । त्यस्तै प्रतिदिन ८ घण्टाको तलब ४४ हजार ६ सय ४० वन हुनेछ । त्यसैगरि प्रतिमहिना -४० घण्टा) को तलब ११ लाख ६६ हजार २ सय २० वन हुन्छ ।

प्रतिक्रियाहरु