कोरियन भाषा परीक्षाको नतिजा भोलि प्रकाशित हुने

२०७४ श्रावण १० गते, मंगलवार

काठमाडौं , १० साउन । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले कोरियन भाषा परीक्षाको नतिजा बुधबार प्रकाशित हुने बताएका छन । नतिजा भोलि विहान १० बजे सार्वजनिक हुनेछ । नतिजा ईपीएस कोरिया शाखा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र कोरिया सरकारको आधिकारिक वेबसाइटमा ईपीएसको हेर्न सकिने छ ।
यो वर्ष झण्डै ६८ हजारभन्दा बढीले कोरियन भाषा परीक्षा दिएका छन् । परीक्षा आवेदन भने साढे ७५ हजारले भरेका थिए । त्यसमध्ये १० हजार २ सय जना परीक्षामा उत्र्तीण हुने गरी कोटा तय भएको छ । उत्पादनमुलुकतर्फ ४ हजार र ६ हजार २ सय कृषिमा उत्तीर्ण हुने गरी कोटा तय गरिएको छ । यो वर्षको कोटा अघिल्लो वर्षको भन्दा झण्डै तीन गुणा बढी हो । गत वर्ष ३५ सय युवा कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका थिए । कोरियाले यहाँ लिएका सबै परीक्षाका उत्तरपुस्तिका स्क्यानिङमार्फत डिजिटजाज्ड गरेर कोरिया लाने गरेको छ । उसले मेसिनको प्रयोग गरेर ओसीआर प्रविधिबाट उत्तरपुस्तिका जाँच्ने गरेको छ ।
परीक्षामा उत्तीर्ण भएका सबै कोरिया जान पाउँछन् भन्ने ग्यारेन्टी भने नहुने ईपीएस शाखाले जनाएको छ । पास भएकालाई रोष्टर लिष्टमा राखेर लेबर कन्ट्रयाक्ट दिने गरिएको छ । भोलि पास हुनेहरुलाई आगामी फेब्रुअरीबाट उत्तीर्ण कामदारको मेडिकललगायतका प्रक्रिया सुरु हुने भण्डारीले बताए । कोरिया राम्रो आम्दानी हुने श्रम गन्तब्यका रुपमा परिचित छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु