कोटश्वरको जाम कम गर्न महिना दिनभित्रै सर्भिस लेन

२०७६ फाल्गुन १० गते, शनिबार

काठमाडौं, १० फागुन । सरकारले काठमाडौंको अत्यधिक जाम हुने कोटेश्वरमा जाम कम गर्न एक महिनाभित्रै सर्भिस लेन निर्माण गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालय, सडक विभाग, महानगरपालिका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयलगायत सम्बद्ध पक्षको छलफलमा सर्भिस लेन खुलाउने विषयमा सहमति जुटेको हो ।
कोटेश्वरमा जाम कम गर्न आकासे पुल (ओभरहेड ब्रिज) निर्माण गर्ने तयारी भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले असहमति जनाएको छ । कार्यालयले एयरपोर्टको सुरक्षालाई देखाएर ओभरहेड ब्रिज निर्माण गर्न असहमति जनाएपछि ब्रिज नबन्ने सम्भावना बढेर गएको छ । डिभिजन सडक कार्यालय, काठमाडौंका प्रमुख कुबेर नेपालीले कोटेश्वरमा सर्भिस लेनका लागि आज भोलि नै टेन्डर आह्वान गर्ने तयारी भइरहेको र एक महिनाभित्रै अस्थायी सर्भिस लेन सुरु गरिने जानकारी दिए । – राजधानी दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार