कोकिनका २४६ वटा प्याकेट निलेपछि

२०७६ जेष्ठ १४ गते, मंगलवार

काठमाडौ, १४ जेठ । कोकिनका २४६ वटा प्याकेट निलेर हवाई यात्रा गरिरहेको अवस्थामा एक एक जापानी नागरिकको मृत्यु भएको छ । समाचार एजेन्सीहरुका अनुसार उदो एन नाम गरेका ती यात्रीको मेक्सिको सिटीबाट विमान उडेको केही समयमै मृत्यु भएको हो । सो विमान जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । उडानकै बीच ती यात्री अस्वस्थ भएपछि मेक्सिकोको सनोरा राज्यमा विमानलाई आपत्‌कालीन अवतरण गराइएको थियो ।
अत्यधिक लागुऔषधका कारण मस्तिष्कमा उत्पन्न समस्याबाट ती यात्रीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।कोलम्बियाको राजधानी बोगोटाबाट यात्रा शुरू गरेका उनले मेक्सिको सिटीबाट उडान परिवर्तन गरेको बताइएको छ । साढे दुई सेन्टिमिटर लम्बाइ र एक सेन्टिमिटर चौडाइका कोकिनका २४६ प्याकेट ती व्यक्तिको पेटमा पाइएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु