कैलालीका शैक्षिक संस्था सञ्चालन गर : अखिल क्रान्तिकारी

२०७२ भाद्र १२ गते, शनिबार

काठमाडाैँ, १२ भदाै । नेकपा माअाेवादी निकट अखिल क्रान्तकारीले तिन सातादेखि बन्द कैलाली शैक्षिक संस्था तत्काल सञ्चालनकाे बतावरण मिलाउन माग गरेको गरेको छ । बन्दले विद्यार्थीकाे पढाइ चाैपट भएकाे भन्दै जिल्ला अध्यक्ष विरेन्द्र बिकले विज्ञप्ति जारीगरि साे माग गरेका हुन् । शैक्षिक संस्था बन्द भएको महिना दिन बित्नै लाग्दा समेत बन्द खुलाउने तर्फ सरकार तथा सम्वन्धित निकायले चाँसो नदेखाएको भन्दै अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ ।
‘आफ्नो अधिकारकाे लागि आन्दोलन गर्दा अरुको अधिकार हनन् गर्ने अधिकार कसैलाई पनि छैन, विद्यार्थिहकाे शान्तिपूर्ण रुपमा पढ्न पाउने अधिकारको ग्यारेन्टी हुनुपर्छ’ विज्ञप्तिमा भनिएकाे छ ।
विद्यर्थिको भविष्यलाई मध्यनजर गर्दे तत्काल बन्द शैक्षिक संस्थाले पठनपाठन सुरु गर्ने बाताबरण मिलाउँन सरकार र अान्दाेलनरत् पक्षसँग संगठनले माग गरेको छ । साथै अखिल क्रान्तिकारीले टिकापुरमा घटनाप्रति दुःख व्यक्त गर्दे बल प्रयोग भन्दापनि बर्ता र संवादद्वारा समस्या समाधान खाेज्न पनि अाग्रह गरेकाे छ ।

प्रतिक्रियाहरु