केही दिन भारी वर्षाको सम्भावना

२०७६ श्रावण ५ गते, आईतवार

काठमाडौं, ५ साउन । मौसम पूर्वानुमान महाशाखाले काठमाडौँलगायतका क्षेत्रमा अबको केही दिन भारी वर्षा हुने सम्भावना रहेको जनाएको हो । मौसमविद्का अनुसार मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतिर अवस्थित भए पनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको हो । हालदेशको पूर्वी तथा पश्चिमी भुभागमा आंसिकदेखि सामान्य वदली र मध्य क्षेत्रमा आंसिक बदलीको अवस्था छ। पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
आगामी ३ दिनको मौसम पूर्वानुमान
श्रावण ५ गते (आइतवार)
दिउँसो: देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ।
राती: देशको पुर्वी भु-भागमा सामान्य देखि पुर्ण बदली साथै मध्य र पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। पुर्व र मध्यका एक दुई स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
श्रावण ६ गते (सोमबार)
दिउँसो: देशको पुर्वी र मध्य भु-भागमा सामान्यदेखि पुर्ण बदली साथै पश्चिमी भु-भागमा आंसिकदेखि सामान्य वदली रहि पूर्वका अधिकांश स्थानमा साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। पूर्व तथा मध्यका एक दुई स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
राती: देशको पुर्वी र मध्य भु-भागमा सामान्यदेखि पुर्ण बदली साथै पश्चिमी भु-भागमा आंसिकदेखि सामान्य वदली रही देशको पूर्वी तथा मध्यका अधिकांश स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरूमा वर्षा हुनेछ । देशको पूर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
श्रावण ७ गते (मंगलबार)
दिउँसो: देशको पूर्वी र मध्य पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। देशको पूर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ । पूर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।
राती: देशको पूर्वी र मध्य पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। देशको पूर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ । पूर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु