केहि दिनभित्रै बर्षा हुने सम्भावना

२०७२ माघ २२ गते, शुक्रबार

काठमाडौं, २२ माघ । मौसमविद समिर श्रेष्ठका अनुसार आउदो आइतबार देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । आइतबार पश्चिमी वायु सक्रिय हुने भएकाले त्यसको प्रभाव कारण पुर्वदेखि पश्चिमसम्मै सामान्य पानी पर्ने सम्भावना रहेको उनले बताए । केही दिनदेखि बिस्तारै न्यूनतम तापक्रम पनि बढ्न थालेपछि दिउँसो न्यानो हुन थालेको छ ।
आज काठमाडौं उपत्यकासहित धेरै ठाउँको मौसम शुक्रबार सामान्यतया सफा हुने मौसमविदको अनुमान छ । पश्चिमी क्षेत्रको मौसम आशिंक बदली भएपनि अरु ठाउँको मौसम भने सफा रहने मौसमविद समिर श्रेष्ठले बताए । उनका अनुसार शनिबार देशभरीकै मौसम बदली हुनेछ । भारतको उत्तरतिर उच्च वायुमण्डलमा बनेको न्यूनचापीय क्षेत्र राति नेपाल प्रवेश गर्ने भएकाले शनिबार देशभरी नै बदली हुने अनुमान गरिएको उनले बताए । यो प्रणालीले पानी भने नपार्ने उनको भनाई छ । उच्च वायुमण्डलमा बादल बनेर घाम मात्र ढाक्ने भएकाले दिनभरी मौसम धुम्मिने मौसमविद् श्रेष्ठको अनुमान छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार