केरुङ घुम्न जाने पर्यटकको सङ्ख्या बढ्दै

२०७२ बैशाख ५ गते, शनिबार

काठमाडौं, ५ बैशाख । राजधानीबाट रसुवागढीसम्म आवतजावत गर्न यातायातको सहजता भएपछि केरुङ जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।अध्यागमन कार्यालयका अनुसार रसुवागढी नाकाबाट दैनिक सरदर ३० जना आन्तरिक पर्यटक केरुङ घुम्न जाने गरेका छन् । नेपाल–चीन सीमादेखि २५ किलोमिटर परको केरुङ बजार घुम्नका लागि नेपालीहरु नागरिकता साथमा लिई जाने गरेका छन् ।“आन्तरिक पर्यटकलाई एकदिने अनुमतिपत्र प्रदान गरिन्छ, उनिहरुले साँझ नेपाल फर्कनैपर्ने प्रावधान रहेको छ” अध्यागमन कार्यालय रसुवागढीका प्रमुख सुरेन्द्र प्रधानले बताए ।
नेपाल–भोट युद्धको बेला लडाईंका लागि निर्माण गरिएको रसुवागढी किल्ला घुम्न पर्यटक आउने गरेका छन् । यहाँ आउने पर्यटक केरुङसम्म घुम्न जाने गरेका छन् । “आन्तरिक पर्यटकका कारण यहाँको व्यापार व्यवसाय फष्टाएको छ” स्थानीय व्यवसायी सरोज अमात्यले बताए ।

प्रतिक्रियाहरु