केरुङसम्म रेल ल्याउँदै चीन

२०७२ माघ २३ गते, शनिबार

काठमाडौं, २३ माघ । चीनको स्वशासित क्षेत्र तिब्बतको सन् २०१६ को नीति तथा कार्यक्रममा सिगोत्से आइपुगेको रेलमार्गलाई नेपाल—चीन सीमा क्षेत्र केरुङसम्म विस्तार गर्ने योजना विशेष प्राथमिकतामा राखिएको छ ।
अब उक्त रेलमार्ग नेपाल–चीन सीमानाका रसुवागढी नजिक पर्ने केरुङसम्म विस्तार हुनेछ । नेपालले प्रस्ताव गरेमा चिनियाँ रेललाई काठमाडौंसम्म विस्तार गर्न चिनियाँ पक्ष तयार देखिन्छ । अब हामीले त्यसका लागि गृहकार्य गर्न आवश्यक छ’, ल्हासास्थित कार्यवाहक नेपाली महावाणिज्यदूत पुरुषोत्तम ढुंगेलले भने ।
चीनले सन् २०२० सम्म केरुङसम्म रेल विस्तार गर्ने घोषणा गत वर्ष गरेको थियो । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको गत डिसेम्बरमा सम्पन्न चीन भ्रमणका क्रममा चिनियाँ उपराष्ट्रपति ली युआन चाओ र विदेशमन्त्री वाङ यीले चिनियाँ रेललाई काठमाडौंसम्म विस्तार गर्न आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए ।
अघिल्लो वर्ष नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङले तत्कालीन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई सन् २०२० सम्म आउने रेललाई काठमाडौंसम्म विस्तार गर्नका लागि सम्भाव्यता अध्ययन अघि बढाउन आग्रह गरेका थिए ।
तिब्बत सरकारका प्रमुखले नेपालले चाहेको स्थानमा ‘इकोनोमिक कोअपरेसन जोनु स्थापना गर्ने इच्छा व्यक्त गरेको ढुंगेलले बताए । चीनको १३ औं पञ्चवर्षीय योजना (२०१६–२०२०) मा नेपालको हुम्लामा पर्ने हिल्सा र तिब्बतको पुराङ जोड्ने नाका सञ्चालनमा ल्याउने विषय समेटिएको हो ।
कार्यवाहक महावाणिज्यदूत ढुंगेलका अनुसार तिब्बतको पिपुल्स कंग्रेस तथा पोलिटिकल कन्सलटेटिभ कन्फ्रेन्सका हालैका वार्षिक बैठकहरूमा उक्त योजना पनि उल्लेख गरिएको थियो । बैठकमा ल्हासास्थित नेपाली महावाणिज्यदूत हरिप्रसाद बस्याल पनि सहभागी भएका थिए ।
पिपुल्स कंग्रेसको बैठकमा तिब्बत सरकारका प्रमुख लोसाङ ज्याङछुनले सन् २०१६ देखि २०२० सम्मका लागि पञ्चवर्षीय योजना तथा सन् २०१६ का लागि तिब्बतको नीति तथा कार्यक्रमसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पिपुल्स कंग्रेसको सत्रमा तिब्बत सरकारका प्रमुख लोसाङले पेस गरेको प्रतिवेदनमा १२ औं योजना अवधिमा तिब्बतको कुल गार्हस्थ उत्पादन एक सय खर्ब चिनियाँ युआन पुगेको छ । तिब्बतको सन् २०१६ को नीति तथा कार्यक्रममा सिगोत्से आइपुगेको रेलमार्गलाई नेपाल–चीन सीमा क्षेत्र केरुङसम्म विस्तार गर्ने योजना विशेष प्राथमिकतामा राखिएको छ ।
तिब्बतको बेरोजगारी २.५ प्रतिशतमा झरेको उल्लेख गरिएको छ । त्यस्तै तिब्बतका सरकार प्रमुखले ९१ खर्ब युआन गरिबी निवारणका लागि खर्च भई पाँच लाख जनतालाई गरिबीबाट मुक्त गरिएको र तिब्बतमा बस्ने जनताको औसत आयु ६८ वर्ष पुगेको आँकडा पेस गरेका थिए ।

यसैबीच बस्यालको कार्यकाल पूरा भएको अवसरमा ल्हासास्थित महावाणिज्यदूतावासले चिनियाँ अधिकारीलाई निमन्त्रणा गरी एक कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा तिब्बत सरकारका प्रमुख लोसाङलगायत उच्च अधिकारी सहभागी थिए । – सन्तोष घिमिरे, अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार