केराको बोक्रा क्यान्सर उपचारका लागि उपयोगी

२०७२ माघ २७ गते, बुधबार

काठमाडौं, २७ माघ । स्वीजरल्याण्डको ल्याबुरेटरी अफ फिजिकल एण्ड एनालिटिकल एलेक्ट्रोक्यामेस्ट्रीका वैज्ञानिकले गरेको गरेको अध्ययन अनुसार केराको बोक्रा मानिसको छालामा हुने क्यान्सरको उपचारका लागि उपयोगी हुने देखिएको छ । छिप्पिएको तथा पाकेको केराको बोक्रामा हुने खैरो तथा कालो भाग छालाको क्यान्सरको उपचारका लागि उपयोगी हुने वैज्ञानिकले बताएका छन् । छिप्पिएको केराको बोक्रामा हुने खैरो तथा कोलो भागमा हुने एन्जाइमले छालाको क्यान्सरकको उपचार छिटो तथा सजिलो हुने अनुसन्धानकर्ताले बताएका छन् । केराको बोक्रामा हुने खैरो तथा कालो भागको एन्जाइम छालाको क्यान्सर उपचारमा उपयोगी हुने देखिएको हो । केरोको बोक्रामा हुने एन्जाइम र मानिसको छालामा हुने एन्जाइम समान खालको रहेको वैज्ञानिकले बताएका छन् । यसले छालाको क्यान्सरबाट ग्रसित धेरैलाई बचाउन सकिने अनुसन्धानकर्ताको भनाई छ । वैज्ञानिकका अनुसार केराको बोक्रामा रहेको खैरो तथा कालो भागमा हुने एन्जाइमले छालाको क्यानन्सर लागेका मानिसलाई चाहिने एन्जाइम उत्पादन गर्न सहयोग गर्छ । – एजेन्सी

प्रतिक्रियाहरु