केराको करामत !

२०७५ बैशाख २७ गते, बिहीबार

काठमाडौं, २७ वैशाख । ‘केराको करामत ‘ संसारलाई नै हल्लाउने यो घटना मानिसहरुको मुखमा मात्र होइन सामाजिक संजाल र पत्रपत्रिकामा पनि चर्चाको विषय बन्यो । एउटा केराले एक महिलाको सातोपुत्लो उडाइदिएको यो घटना बेलायतमा भएको हो । यहाँ एक अनलाइन स्टोरले महिलालाई एउटा मात्रै केराको १ लाख ४० हजार नेपाली रुपैयाँ बराबरको बिल थमाइदिएपछि यो घटना चर्चाको विषय बनेको हो । बेलायतको नटिंघममा बस्ने बबी गार्डन नामकी महिलाले त्यहाँको सुपरमार्केट चेनबाट अनलाइन किनमेल गरेकी थिइन् । महिलाले अर्डर दिँदा सबै सामानको मूल्य १०० पाउण्डभन्दा पनि कम थियो । तर जब सामान उनको घर पुग्यो उनको होस उड्यो । बिलमा केराको मात्रै मूल्य ९३० पाउण्ड अर्थात झण्डै १ लाख ४० हजार नेपाली रुपैयाँ उल्लेख थियो । बबीले यो कुराको गुनासो तत्कालै सुपरमार्केटमा गरिन् र यसबारे ट्वीटरमा शेयर गरिन् । सुपरमार्केटले बिलिङमा गल्ती भएको भन्दै माफी मागेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु