केयर गिभरको रुपमा इजरायल जान आवेदन माग

२०७२ आश्विन २१ गते, बिहीबार

काठमाडौँ, २१ असोज । इजरायलमा केयर गिभरको रुपमा काम गर्न जान चाहनेलाई वैदेशिक रोजगार विभागले आज आवेदन माग गरेको छ ।
विभागले सूचना जारी गर्दै इजरायल जान चाहनेहरुले कात्तिक २५ गतेभित्रमा आवेदन दिन आग्रह गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीच गत साउन २२ गते नमूना परियोजनाको रुपमा पहिलो चरणमा ३०० जनालाई घरेलु कामदारको रुपमा लैजाने सम्झौता भएको थियो ।
कार्यक्रमअन्तर्गत जाने कामदारले वृद्ध, अपाङ्ग, अशक्तको स्याहार, सम्भार र रेखदेख गर्नुपर्ने सूचनामा उल्लेख छ । यसअघिनै तीन महिनाको केयर गिभरको तालिम लिइ प्रथम चरण उत्तीर्ण भएकामध्येबाट ५० देखि ६० जनालाई तत्कालै रोजगारीका लागि इजरायल पठाइने छ, भने बाँकीलाई क्रमशः पठाइनेछ ।
अङ्ग्रेजी भाषा जानेको, २० घण्टाको व्यवहारिक तालिमसहित ६० घण्टाको थप तालिम सम्पन्न गरेका २५ देखि ४५ वर्ष उमेरभित्रका पुरुष र महिलाले सो पदमा आवेदन दिन पाउने विभागले जनाएको छ ।
कामदारका लागि कम्तिमा प्रवेशिका परीक्षा उत्तीर्ण, ४५ किलो तौल भएको र पाँच फिट उचाईलगायत १३ वटा मापदण्ड विभागले तोकेको छ ।- रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु