केयर गिभरको तालिम दिन १८ वटा संस्थालाई अनुमति

२०७२ आश्विन २० गते, बुधबार

काठमाडौं, २० असोज । सरकारले इजरायलको लागि केयर गिभर तालिम दिन अठारवटा संस्थालाई अनुमति दिएको छ । इजरायलको लागि तीन महिना केयर गिभर तालिम संचालन गर्न पहिलै दर्ता भई संचालनमा रहेका संस्थाले अनुमति पाएका हुन् ।
इजरायल जान चाहानेलाई स्वीकृत प्राप्त संस्थाबाट मात्र तालिम लिन वैदेशिक रोजगार प्रवद्र्धन वोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले आग्रह गरे । स्वीकृति पाएसँगै तालिम प्रदायक संस्थाले भर्ना सुरु गरेका छन् । तीन महिने तालिमका लागि सरकारले १६ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ ।
तीन सय ९० घण्टाको पाठ्यक्रममा अंग्रेजी भाषालाई पहिलो र हिबु्र भाषालाई दोश्रो प्राथमिकतामा राखिएको छ । केअर गिभर, नर्सिङ, घरायसी काम तथा सरसफाई र खानपिन सम्बन्धी जानकारी समेटिएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु