केमिकल फ्याक्ट्रीमा भीषण आगलागी

२०७६ जेष्ठ १६ गते, बिहीबार

काठमाडौं, १६ जेठ । ललितपुर महानगरपालिका वडा नम्बर २५ स्थित भैंसेपाटीमा रहेको सोडियम हाइड्रो सल्फेट केमिकल फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । किरण प्रकाश श्रेष्ठले सञ्चालन गरेको सो फ्याक्ट्रीमा आज (बिहीबार) बिहान आगलागी भएको हो ।
बिहान साढे ३ बजेबाट लागेको आगो केमिकल फ्याक्ट्री भएका कारण अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ ।नियन्त्रणका लागि चार दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दा प्रयासरत छन् । आगलागीबाट ठुलो धनमालको क्षति भएपनि मानविय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु