केपी ओली स्वदेश फर्कंदै

२०७४ माघ ४ गते, बिहीबार

काठमाडौं, ४ माघ । एमाले अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्कंदै छन ।स्वास्थ्य परिक्षणका लागी थाईल्याण्डको बैंकक गएका ओली थाई एअरवेजको विमानबाट मध्यान्ह साढे १२ बजे काठमाडौं आइपुग्ने उनका प्रेस संयोजक चेतन अधिकारीले बताए । बैंककको बुमरुङगार्ड अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणपछि चिकित्सकले ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको प्रतिवेदन दिएको अधिकारीले बताए । थाइल्यान्ड प्रस्थान गर्नुअघि २ माघमै स्वदेश फर्कने बताए पनि ओली दुई दिन ढिलो गरी स्वदेश फर्किन लागेका हुन् ।

प्रतिक्रियाहरु