‘केपी ओली एकदलीय सार्वसत्तावादी सोचबाट अघि बढे’

२०७५ बैशाख ८ गते, शनिबार

काठमाडौँ, ८ बैशाख । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली एकदलीय सार्वसत्तावादी सोचबाट अघि बढेको बताएका छन् । कांग्रेसको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै देउवाले देउवाले भने, ‘प्रधानमन्त्रीले राष्ट्रिय अनुसन्धान, राजश्व सबै विभागहरु आफ्नो मातहतमा लगिसकेका छन् । यसले स्पष्ट भइसकेको छ, अधिनायकवादी शासन व्यवस्थाको सुरुवात गर्ने प्रयास भइरहेको छ ।’
आरोप प्रत्यारोप गर्ने क्रम छोडेर एकदलीय सार्वसत्तावादविरुद्ध एकजुट हुन आहृवान गरेका छन् । उनले भने, सारा पत्रपत्रिका ओलीविरुद्ध लेख्न डराइसके । अब हामीले सर्वसात्तावादी कम्युनिष्ट शासनको खिलापमा लडेर नेपाललाई पूर्णप्रजातान्त्रिक देश बनाउनुपर्छ ।’ देउवाले आगामी निर्वाचनशमा पहिलो पार्टी बन्ने गरि संगठन सुदृढीकरणमा लाग्न पनि निर्देशन दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु