केपी ओलीको घरको ढोकामै बम विस्फोट

२०७४ मंसिर ९ गते, शनिबार

काठमाडौ, ९ मंसिर । एमाले अध्यक्ष केपी ओलीको घरको ढोकामै बम विस्फोट गराइएको छ । आज विहान ४ बजेतिर झापाको दमक नगरपालिका–५ मा रहेको ओलीको घरको पूर्वी गेटमा विस्फोट भएको हो । विस्फोटबाट गेटमा क्षति भएको छ । यस्तै त्यहिं नजिकै अर्को विस्फोटक पदार्थ पनि भेटिएको छ । घरको गेट बाहिर एउटा झोला झुण्ड्याइएको अवस्थामा रहेको र त्यहाँ पनि बम हुन सक्ने इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
झोलाभित्र शंकास्पद बस्तु भएकोले त्यसलाई डिस्पोज गर्न केरखाबाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल आइपुगेको छ । बम डिस्फोजल टोलीले विस्फोटक पदार्थ निष्क्रिय पार्दैछ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रियाहरु