केन्यामा सयौ विद्रोही लडाकु मारिए

२०७१ मंसिर ८ गते, सोमबार


काठमाडौँ । केन्याका सुरक्षाकर्मीको आक्रमणमा १ सय भन्दा बढी विद्रोही समूह अल सबाबका लडाकु मारिएका छन् । गैर मुस्लिम चढेका बसमा हमला गर्ने अल सबाबका लडाकु सुरक्षाफौजको कारबाहीमा मारिएका केन्याका उपराष्ट्रपति विलियम रुटोले बताउनु भएको छ ।
उहाँका अनुसार बस हमलाको योजना बनाएको विद्रोहीको अड्डा पनि सुरक्षाफैजले नष्ट गरिदिएको छ । अस्ति शनिबार सोमालियाको सिमा नजिक विद्रोही समूह अलशबाबका लडाकुले बसमा सवार २८ जना गैर मुस्लिमको गोली हानी हत्या गरेका थिए ।
उपराष्ट्रपति विलियम रुटोले विद्रोही विरुद्धको कारबाही निरन्तर चलिरहने पनि बताउनु भएको छ । सन् २०११ पछि केन्यामा अलसबाबले हमला गर्दै आएको छ ।

प्रतिक्रियाहरु