केन्द्रीय सदस्य शर्मा निलम्बित भएका छैनन् : विप्लव

२०७१ भाद्र २४ गते, मंगलवार

काठमाडौँ ।नेकपा–माओवादीका महासचिव रामबहादुर थापाको केन्द्रीय सदस्य अनिल शर्मा विरहीलाई अनिश्चितकालसम्मका लागि निलम्बन गर्ने निर्णय आधिकारिक नभएको बताइएको छ ।केही दिन पहिले चितवन जिल्ला पार्टी कार्यालयको विषयलाई लिएर केन्द्रीय सदस्य अनिल शर्माले प्रेस वक्तव्यमार्फत पार्टी नेतृत्वलाई आरोप लगाएको भन्दै कारबाही गरिएको महासचिव रामबहादुर थापाले विज्ञप्तिमार्फत जनाएका थिए ।
तर माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले सो निणय पार्टीको आधिकारिक निर्णय नभएको जनाएका छन् । सो बिषयमा माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले जारी गरेको प्रेस बक्तब्य को पूर्ण बिबरण यस प्रकार रहेको छ- “आज हाम्रो पार्टी केन्द्रीय सदस्य अनिल शर्मा माथि अनुसासनहिनको आरोप लगाउदै महसचिव वादलले कार्यवाहीको नाममा निकालेको वक्तव्य कुनै कमिटिको निर्णय नभएको साथै पार्टी पद्धति विपरित भएकोले उक्त निर्णय प्रति असहमत रहेको जानकारी गराउदछु । ”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु