केन्द्रीय कारागारबाटै कैदी फरार

२०७४ मंसिर ८ गते, शुक्रबार

काठमाडौं, ८ मंसिर । केन्द्रीय कारागार सुन्धाराबाट मंगलबार एक कैदी फरार भएका छन् । जबर्जस्ती करणी मुद्दाका कैदी मुन्न शाही कारागारभित्रैबाट फरार भएका हुन् । २०७१ मा कैद सजाय पाएका शाहीलाई बाँके कारागारबाट २०७४ जेठ ५ गते केन्द्रीय कारागार स्थानान्तरण गरिएको थियो । प्रहरीका अनुसार कारागारभित्रैको मन्दिरमाथि उक्लिएर पर्खाल नाघेर शाही भागेको आशंका गरिएको छ । प्रहरीले दुई दिन बित्दा पनि पक्राउ गर्न सकेको छैन । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु