केडिया आँखा अस्पतालमा भारतीय बिरामीको भीड

२०७६ आश्विन २२ गते, बुधबार

काठमाडौं, २२ असोज । भारतको बिहार र उत्तर प्रदेशका दर्जनौं व्यक्तिहरु आँखाको उपचारका लागि बाराको केडिया आँखा अस्पतालमा आउने गरेका छन् । अस्पतालले नेपालभन्दा भारतका सेवाग्राहीको विश्वास जित्न सफल भएको छ । दैनिकजसो भारतबाट बस ‘रिजर्भ’ गरेर समूहमा आँखासम्बन्धी उपचार गर्न आउने गरेका छन् ।
वार्षिक एक लाख ५० हजारको हाराहारीमा बिमारीले सेवा लिने गरेको र तीमध्ये १५ देखि २० हजारजनाको आँखाको शल्यक्रिया हुने गरेको अस्पतालले जनाएको छ । तर, जिल्लाका बिमारीहरुको भने यहाँ नगन्य उपस्थिति रहने गरेको छ । वि.सं. २०३१ सालमा स्थापना भएको यो अस्पतालले एकै दिन २६५ जना बिमारीको शल्यक्रिया गरी विश्व ‘रेकर्ड’समेत कायम गर्न सफल भएको छ । अस्पतालमा झन्डै १२ सय रुपैयाँमै आँखाको शल्यक्रिया हुन्छ । सस्तो र गुणस्तरीय सेवा भएकाले भारतीय बिरामीको घुइँचो लाग्ने गरेको अस्पतालका प्रशासन प्रमुख प्रकाश बर्माको भनाइ छ ।

प्रतिक्रियाहरु