केजरीवालले थप्पड खाए !

२०७६ बैशाख २२ गते, आईतवार

काठमाडौं, २२ वैशाख । दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई एक व्यक्तिले थप्पड हानेका छन् । चुनावी प्रचारका लागि रोड शो गर्दै रहेका समयमा केजरीवाललाई ३३ वर्षीय सुरेश नामका व्यक्तिले थप्पड हानेका थिए । शनिवार पश्चिम दिल्लीको मोतीनगर क्षेत्रमा पार्टीका उम्मेदवार बलबिरसिंह जाखडसँग चुनाव प्रचारमा रहेकै बेला केजरीवाललाई हातपात गरिएको हो । छत नभएको जीपमा चढेर केजरीवाल र जाखडले रोड शो गरिरहेका बेला एक व्यक्ति जीपको अगाडीपट्टी चढेर केजरीवाललाई थप्पड हानेका थिए । आम आदमी पार्टीले आक्रमण भारतीय जनता पार्टीले गराएको आरोप लगाएको छ । आपले ट्वीट गर्दै आक्रमण अरविन्द केजरीवाललाई मात्र नभइ दिल्ली र यसको जनमतमाथि भएको जनाएको छ । दिल्लीमा १२ मे मा मतदान हुँदैछ ।
भारतमा संसदका लागि निर्वाचन चलिरहेका छ । यसक्रममा नेताहरुमाथि यस्ता खाले दुब्र्यवहारको घटनाहरु एकपछि अर्को गर्दै भइरहेका छन् । दिल्लीका सरकारका मन्त्री मनीष सिसोदियाले भाजपा अध्यक्ष अमित शाह र भाजपा नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदी केजरीवालको हत्या गराउन चाहन्छन् ? भन्दै प्रश्न गरेका छन् । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु