केजरीवाललाई फेरि थप्पड

२०७० चैत्र २५ गते, मंगलवार

काठमाडौं,२५ चैत । दिल्लीको सुल्तानपुरमा चुनावी प्रचारको क्रममा आम आदमी पार्टी नेता अरविन्द केजवारीवाललाई एक अज्ञान व्यक्तिले थप्पड हानेका छन् । उनलाई चार दिन अघि पनि चुनावी र्‍यालीका क्रममा एक व्यक्तिले थप्पड हिर्काएका थिए । आम आदमी पार्टीले भारतीय जनता पार्टीको उक्साहटमा केजरीवालमाथि प्रहार भएको आरोप लगाएको छ ।समर्थकसँग हात मिलाइरहेको बखत आम आदमी पार्टी लेखिएको टोपी लगाएका व्यक्तिले केजरीवाललाई थप्पड हिर्काएका हुन् । उनी अटो रिक्साचालक भएको बुझिएको छ । थप्पड हिर्काउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आम आदमी पार्टीले भने आक्रमणको दोष भारतीय जनता पार्टीलाई लगाएर आक्रोश व्यक्त गरेको छ ।’हामीलाई थाहा छैन्, किन कोही व्यक्तिहरु हिंसाको बाटो अपनाएर प्रधानमन्त्री चुनिन खोज्दैछन्’, आम आदमी नेता अरविन्द केजरीवालले बीजेपीतर्फ संकेत गर्दै भने,’हामीलाई आक्रमण गरेर चुप लगाउने ठानेका छौं भने तिमीहरु गलत छौं । हामी अन्तिम सास रहुन्जेलसम्म लडिरहनेछौं ।’केजरीमाथि चार दिनको बीचमा यो दोस्रो आक्रमण हो । शुक्रबार दिल्लीको दक्षिणपुरी क्षेत्रमा चुनावी र्‍यालीका क्रममा केजरीवाललाई एक १९ वर्षीय युवककले थप्पड हिर्काएका थिए ।दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवालले यसअघि पनि पटक पटक आक्रमणको सामना गरिसकेका छन् । उनलाई केही महिना अघि हरियाणामा पनि आक्रमण भएको थियो । गत महिना बनारसका सभामा एक व्यक्तिले उनमाथि मसी फ्याँकेका थिए ।भारतमा सोमबारदेखि आम निर्वाचन सुरु भएको छ । -एजेन्सी

प्रतिक्रियाहरु