कृष्णनगरकाे कर्फ्यु १२ बजेसम्मका लागि हट्याे

२०७५ कार्तिक ५ गते, सोमबार

काठमाडौं, ५ कार्तिक । दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु प्रशासनले लगाएको कर्फ्यु अाज बिहानदेखि आज दिनको १२ बजेसम्मका लागि हटाएको छ । कफ्र्यु हटेसगैँ जिल्लाको जनजीवन सामान्य हुँदै गएको छ ।
शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो । तीन दिनदेखि रोकिएको मूर्ति विर्सजन कार्य कडा सुरक्षाका साथ मूर्ति विर्सजन गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।
विगतका दिनमा पनि यस्ता प्रकारका घटना दोहोरिहेकाले चाडपर्वमा प्रहरी प्रशासन संयमित हुनुपर्ने अधिकारकर्मी रामदयाल ठाकुर बताउछन । शुक्रबार नै प्रहरीले विगतका घटनालाई अध्ययन गरी अवस्था आँकलन गरेर कडा सुरक्षामा मूर्ति विर्सजन गर्ने वातावरण सिर्जना गरेको भए यस्तो अवस्था सिर्जना नहुने उनको भनाइ छ । घटनाको अधिकारकर्मीले अनुगमन गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु