कृषि विकास बैंकको ५१ प्रतिशत सेयर विदेशीलाई

२०७१ आश्विन ७ गते, मंगलवार


काठमाडौ, ७ असोज । सरकारले कृषि विकास बैंक लिमिटेडको ५१ प्रतिशत सेयर विदेशी रणनीतिकसाझेदारीलाई दिने तयारी गरेको छ । साझेदार भित्राउन सरकारले सेयरस्वामित्वको प्रारुप (मोडालिटी) नै परिवर्तन गर्न लागेको हो । यो प्रारुपकार्यान्वयनमा आएपछि बैंकमा बहुमत स्वामित्व विदेशीको र नेपालीको स्वामित्व४९ प्रतिशत मात्र कायम हुनेछ ।
यसअघि सरकारले बैंकको ५१ मध्ये ३१ प्रतिशत सेयरमात्र विदेशी रणनीतिकसाझेदारलाई बिक्री गर्ने निर्णय गरेको थियो । ‘तर ३१ प्रतिशत मात्र सेयरदिँदा विदेशी बैंक नआउने सम्भावना देखिएकाले मोडालिटी परिवर्तन गर्नलागिएको हो,’बैंकका कार्यकारी अधिकृत तेजबहादुर बुढाथोकीले भने ।एसियाली विकास बैंक (एडीबी) ले नियुक्त गरेका परामर्शदाताले रणनीतिकसाझेदारलाई ५१ प्रतिशत सेयर दिनुपर्ने सुझाएको थियो । चीनलगायत विभिन्नदेशका बैंकले ५१ प्रतिशत सेयर स्वामित्व माग गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार