कृषि र कृषकका समस्या समाधानतर्फ कहिले ध्यान दिने – सिर्जना तिम्सिना

२०७१ कार्तिक ४ गते, मंगलवार

कृषि प्रधान देश नेपाल जहाका कुल ७४ प्रतिशत जनता कृषि पेसामा नै आधारीत छन् । कृषि डायरी २०७१ को तथ्याङक अनुसार मुलुकले कुल गाह्स्त उत्पादनमा कृषि क्षेत्रबाट मात्रै पाचा लाख १५ हजार ७ सय ६७ रुपैया प्राप्त गर्ने गरेको छ । तर तीनै किसानहरु एकातिर बिउ विजन मल र सिचाई नहुदा समस्या भोगि रहेका छन् भने अर्को तर्फ प्राकृतिक विपत्तीका कारण यो पेसा छाड्नु न समाउनुको अवस्थामा पुगेका छन् । राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष उद्धव अधिकारी कृषि प्रधान देशमा जन्मिएर गास कै लागी चिन्चित हुनुपर्ने अवस्था आउनु विडम्बना भएको बताउनछन् ।
नेपालमा जम्मा तीस लाख ९१ हजार हेक्टर जमिन खेतियोग्य छ । तर १३ लाख ३१ हजार ५ सय २१ हेक्टरमा मात्र सिचाईको सुविधा छ । खेतीयोग्य जमिनमध्ये १० लाख ३० हजार हेक्टर अझै बाझै रहेको छ । सिचाईको सुविधा नहुदा खेती भईरहेका स्थानमा पनि समस्या छ । कहिले किसानले विउ विजन नपाउने त कहिले पाएको विजमा दाना नलाग्ने र नफल्ने कुरा पनि अहिले दैनिक किसानका अबरुद्ध कगावाट निस्कने पिडामा समेटिएका हुन्छन् ।
त्यति मात्र नभएर नेपालमा पछिल्लो समय तीनै किसानका पिडा र आशुमाथि राजनितिकरण पनि राम्रैसाग हुने गरेको देखिएको छ । यसलाई रोक्नुपर्ने सम्बन्धित निकायहरुको माग त छ तर यसको अन्य हुनुको साटो कृषि र किसानका समस्या पिडा दुबैलाई समाधान गर्नुको साटो राजनितिले रंगाउदै लगेको स्थीति छ ।
निर्वाहमुखि उत्पादन प्रणलीको साटो व्यावसायीक कृषि उत्पादनलाई बिकास र विस्ता गरि आम्दानी र रोजगारी बढाउन सरकार स गैर सरकारी क्षेत्रबाट पनि निक्कै पहल भईरहेको छ । कृषकलाई बिभिन्न अनुदान ,तालिम तथा सुविधाहरु प्रदान गरिरहेको अवस्था छ तर त्यसको उपभोग पनि टाठा बाठाहरुले मात्रै गर्ने हुदा वास्तविक किसानहरु यसबाट अझैपनि बन्चित छन् ।
त्यतिमात्र हैन नेपाली समाजको अर्को बिडम्बना बिहान देखि बेलुका सम्म खेत बारीमा खट्ने र अन्न फलाउने मजदुर किसानलाई यहा सम्मान त परै जाओस् असभ्य तथा तल्लो स्तरको नागरिक हो भने जस्तो व्याबहार गर्ने गरिन्छ । यस्तो प्रवृत्तिको अन्त्य गर्दै यसबाट माथि उठेर सोच्न नसके कृषिका माध्यमबाट देशको विकास हुन सम्भव छैन । यसका लागी राष्ट्रिय कृषक समूह महासंघ नेपाल निरन्तर लागीरहने अध्यक्ष अधिकारीको प्रतिबद्धता छ ।
२०६८ साल भाद्र २३ गते स्थापना भएको कृषक महासंघको मातहतमा तीन हजार सदस्य समूह गठन ,२५ जिल्लामा जील्ला महासंघ र तीन सय गा.वि.समा गाविस स्तरका महासंघ गठन गरि स्वशासित, आत्मनिर्भर, श्रोतसाधन सम्पन्न किसानको परिकल्पना सहित आत्मनिर्भर मूखि कृषिलाई प्रवर्धन गर्ने उदेश्यले सिमान्तकृत, भूमिहिन, महिला,एवं साना किसानहरुको हक अधिकार सुनिश्चित गर्ने कार्यमा महासंघ निरन्तर लागीरहेको छ । महासंघ र सो मातहतका समुहले अहिले किसानहरुका लागी कस्तो काम गर्दै आएको छ त भन्ने प्रश्नमा राष्ट्रिय कृषक समुह महासंघ कन्चनपुर जिल्ला अध्यक्ष अनिता मडेल भन्छिन् ,‘कृषकहरुको सानो सानो ग्रुप समुह भएपनि छरिएर रहेका कृषकलाई समेटेर एउटा बृहत समुह बनाएर उनीहरुको अधिकार र आवश्कताका बिषयमा बुझाउन सक्षम भएका छौ । ” यति मात्र नभएर गाविस देखि जिल्ला स्तरका सबै बास्तविक किसानलाई एक ढिक्का बनाएर उनीहरुको पैरवि वकालतका काम गर्दै आएको मडेलको भनाई छ।
किसानहरुले भने महासंसघ सहित सम्बिन्धित निकायसाग कस्तो अपेक्षा गरेका छन् र उनीहरुलाई सो महासंघको विस्तारपछि के फाईदा पुगेको छ त ? भन्ने प्रश्नमा एक जना तरकारी खेती गर्दै आएकी कृषक महिला भन्छिन् “हामिलाई महासंघमा आबद्ध भएपछि आफ्नो अधिकारको बारेमा धेरै थाहा पाएको र बिभिन्न तालिक ,अनुदान , औजारहरुमा पनि सहयोग मिल्ने रहेछ । ”
नेपाल प्राकृतिक रुपमा नै हिमाल ,पहाड र तराई तीन फरक भौगोलीक वनावटमा भएको भुपरीवेष्टित राष्ट्र हो । तराईको समथर भुमि जसलाई अन्न भण्डार पनि भनिन्छ यस्तै हिमाल र पहाडि भेगमा पनि वातावरण अनुकुल अन्न फलफलुलको उत्पादन गर्न सकिन्छ । तर यसका लागी विउ विजन ,दक्ष प्राविधिक ,सिचाई ,वजार ,यातायात , उचित मुल्य तथा कृषकलाई व्यावसायीक खेतीका लागी तालिम र खेती सम्बन्धी ज्ञान दिनु अति आवश्यक छ । यसका साथै कृषि र किसानका नाममा गैरकिसानको चलखेल , कृषकलाई दलीय रुपमा विभाजीत गर्ने परिपार्टि र यसभित्र घुस्दै गएको राजनितिक जालोलाई तोडेर कृषकका समस्या समाधान गर्दै उनीहरुलाई अझ व्यावसायीक बनाउदै लानुपर्छ । यसका लागी देशमा हुने राजनितिक खिचातानिको अन्त्य गरि सरकार ,सम्बन्धित सरोकारवाला निकाय र स्वयम कृषक पनि अग्रसर हुनैपर्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु