कृपा फाउन्डेसनको अध्यक्षमा शिव लामिछाने चयन

२०७३ फाल्गुन १० गते, मंगलवार

काठमाडौ , १० फागुन । कृपा फाउन्डेसनको अध्यक्षमा संगीतकार/गायक एवम ब्यबसायी शिव लामिछाने चयन भएका छन । हालै काठमाडौमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ‘सम्ब्रिद्धीका लागि संगीत ‘ भन्ने नाराका साथ कृपा फाउन्डेसनको शुभारम्भ भएको हो । नेपाल कै अत्याधुनिक रेकर्डिङ स्टुडियो कृपा द्रिश्य डिजिटल स्टुडियोबाट सन्चालित टेलिभिजन कार्यक्रम कृपा अनप्लग्ड निकै चर्चित छ। सोही संस्थाले नेपाली संगीत क्षेत्रको उत्थान गर्न भन्दै कृपा फाउन्डेसनको शुभारम्भ गरेको हो । कृपा फाउन्डेसनको अध्यक्षमा संगीतकार/गायक एवम ब्यबसायी शिव लामिछाने रहेका छन भने सद्स्यमा अनुप प्रकाश, पाभेल उदास, निरज कोइराला रहेका छन। फाउन्डेसनको निर्देशकमा पत्रकार भरत शाक्य रहेका छन। सबैलाई साङितिक् क्षेत्रमा समेट्दै आफ्ना कार्यबाट भएको आर्थिक लाभ साङितिक् क्ष्रेत्रमा लागेर आर्थिक संकटमा परेका ब्यक्तिलाई सहयोग गर्नु फाउन्डेसन उदेश्य रहेको बताइएको छ । गायकद्वय दिप श्रेष्ठ र प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्रस्टाद्वयलाई मायाको चिनो र सम्मान पत्रद्वारा सम्मान समेत गरिएको थियो। कार्यक्रममा गायाक एवम फाउन्डेसनका अध्यक्ष्य शिव लामिछानेले आफ्नो साङितिक् प्रस्तुती राखेका थिए । फाउन्डेसनको कार्यालय काठमाडौ को त्रिपुरेश्वरमा रहेको छ।

प्रतिक्रियाहरु