कुहिरोको काग झैँ अल्मलिएको बजेट – युवराज सफल

२०७१ श्रावण ३ गते, शनिबार


भर्खरै सरकारले आर्थिक बर्ष०७१/०७२ को लागि बजेट प्रस्तुत गरेको छ । सरकारले प्रस्तुत गरेको बजेटमाथि अहिले विभिन्न पक्षवाट र्समर्थन र विरोध भइरहेको छ ,धेरैले यस बजेटको चर्को आलोचना गरेका छन् । यस बजेटवाट मोटाउन पाउने वर्ग भने खुलेआम यस बजेटको मर्म भावना नबुझी केवल आफ्नो स्वार्थ पूरा हुने भएपछि अन्धोभक्त भएर यसको गूणगान गाउन थालेका छन् । वास्तवमा बजेट भनेको सिंगो देश र नागरिकलाई अनि देशका विविध पक्षलाई आर्थिक सन्तुलनमा राख्नको लागि ल्याइने कुरा हो । त्यसैले पनि बजेट अनुसार नै सबै आर्थिक गतिविधि अगाडि बढ्ने भएकोले बजेटलाई आर्थिक विकास र समृद्विको लागि महत्वपर्ूण्ा पक्ष मानिन्छ । अत बजेटको विषयमा विभिन्न क्षेत्रमा चर्चा चल्नु ,यसको समीक्षा गर्नु स्वाभाविकै हो । अझ समृद्व नेपालको पर्खाइमा बसेका नेपाली नागरिकको लागि त बजेट कस्तो आउछ भन्ने कुरा चासोको विषय बन्नु र बजेट आएपछि यसको वारेमा आफ्नो विचार भन्नु पनि सान्दर्भिक कुरा हो । मोटामोटी रुपमा यसपालिको बजेट हेदा यो बजेट कुहिरो भित्र अल्मलिएको काग झैँ देखिएको छ । जसरी एउटा काग कुहिरोभित्र फसेर आफ्नो गन्तव्यमा पुग्न नसकी केवल कुहिरोभित्र नै हर्राई रहेको छ त्यसैगरी यसपालिको बजेट पनि त्यसै गरी कुहिरोभित्र हराएको काग झैँ हर्राई रहेको प्रतित हुन्छ । कसरी देखिएको छ त यो कुहिरोको काग झैँ अल्मलिएको बजेट यस बारे केही चर्चा गर्दा उचित होला कि –
हुनेखानीलाई राहात हुँदाखानीलाई आहात
रुपमा जस्तो देखिए पनि सारमा यो बजेट हुनेखानीलाई राहात र हुदाखानीलाई आहात दिने खालको छ । नेपाली नागरिक भएर पनि गैर नेपाली जस्तो नियति भोगि रहेका राज्यवाट हेपिएका ,ठगिएका र आफ्नो संसार खोसिएका नागरिकहरुको लागि यसपालिको बजेट कुनै ठोस राहतको कार्यक्रम ल्याउन सकेको छैन । दिउस भरी काम गर्दा पनि विहान बेलुकाको गाँस जुटाउन धौ धौ पर्ने ,कहाली लाग्दो जीवन व्यतित गरेका ,जीवन भरी अभाव ,अशिक्षा ,पीडा र असंख्य दुःखको सागरमा डुबुल्की मारेर बसेका ती नागरिक प्रति यो बजेट नतमस्तक ,पूवाग्राही ,सौतेली र बदलाको भावले प्रस्तुत भएको छ । अझ भनौँ त्यस्ता नागरिकप्रति यो बजेटमा कुनै कार्यक्रम समेटिएको छैन । यो बजेटले उनीहरुको चुल्होमा आगो बाल्न सकेको छैन ,उनीहरुको बजेटले उनीहरुको भाँडोमा सामल पुर्याउन सकेको छैन । त्यसै गरी उनीहरुको आङमा इज्जत ढाक्ने लुगा पुर्याउन सकेको छैन । त्यसै गरी उनीहरुको बालवालिकाको उज्यालो भविष्य बनाउने शिक्षाको प्रवन्ध गर्न सकेको छैन ।
त्यस्तै राज्यका विभिन्न क्षेत्रमा रहेर काम गरेका कर्मचारी तथा उच्च ओहोदाका व्यक्तिहरु ,राष्ट्रपति ,उपराष्ट्रपति ,सभामूख ,उपसभामूख ,प्रधानमन्त्री ,मन्त्री ,सरकारका मूख्यसचिव ,सचिव र अरु निजामति तथा अन्य कर्मचारीहरुलाई बर्षोनी तलब र भत्ता बढाइएको छ । तर पनि आर्थिक उपार्जनका कार्यक्रममा सहभागी हुन नपाएका नागरिकहरुलाई भने यो सरकारले हेला र अपमान मात्र गरेको छैन न बाँच्नु न मर्नुको हालतमा पुर्याएको छ । धनीलाई झन धनी र गरिव ,निमूखालाई झन निमूखा बनाउने एकमात्र लक्ष्य सहित अहिलेको बजेट आएको छ । विहान देखि बेलुका सम्म ज्यान जोखिममा पारेर काम गर्ने मजदुर ,श्रमिकलाई महंगीको मारमा महंगीले ढाड सेकाउन यो बजेट सफल भएको छ ,आफ्नो कैयँन सपना पूरा गर्ने हेतुका साथ अगाडि बढेका अन्य उत्पीडित नागरिकको अहितमा यो बजेट रहेको छ । पहँुच भएकाहरुलाई झन पहँुचवाला र पहँुच नभएकालाई झन पहुँचविहिन बनाउन यस बजेटले महत्वपर्ूण्ा भूमिका खेलेको छ । यी माथिका प्रसंग हर्ेदा पनि यो बजेट हुनेखानीलाई राहात दिने र हुँदाखानीलाई आहात दिने खालको छ । जवसम्म राज्यले यो कमिकमजोरीलाई सच्च्याउन सक्दैन तवसम्म तल्लो बर्गका रहेका राज्य भएर पनि राज्यविहिन बनाइएका ,अधिकार भएर पनि अधिकारविहिन बनाइएका र आफ्नो अस्तित्व भएर पनि अस्तित्व विहिन बनाइएका साथै भाग्य भएर पनि भाग्य बिहिन बनाइएका नागरिकहरुको विकास उन्नति र प्रगति हुन सक्दैन । यसमा सरकारले बेलैमा ध्यान दिनपर्छ । उनीहरुलाई पनि राष्ट्रिय मूलधारमा ल्याउन सक्नु पर्दछ ,तवमात्र गणतन्त्र आएको मानिन्छ ,व्यवहारमा सिन्को नभाँची आएको गणतन्त्रले गरिव ,निमूखा र उत्पीडित नागरिकको हित गर्न सक्दैन ।
दूर दराजका नागरिकलाई आश्वासनको माम
दुर दराजमा बसेर कष्टकर जीवन विताइरहेका नागरिकलाई यसपालिको बजेटले आश्वासनको माम बाहेक अरु कुनै कुरा दिन सकेको छैन । यतिखेर हुम्ला ,जुम्ला ,मुगु ,डोल्पा लगायत सिंगो कर्णाली क्षेत्र एक ढिको नून र एक गेडो चामल नपाएर त्यसको पर्खाइमा बसिरहेको छ । एकढिको नून र एक गेडो चामल पाउन घण्टौँ समय दिन परेको छ र त्यतिनै महंगो पैसा खर्चिन परेको छ । तर राज्य हाँक्ने निकाय सुलभ मूल्यको चामल र नून पठाएको दावी गर्दै छ भने कर्ण्ााली क्षेत्रमा पठाइको चामल र नून काठमाडौँ उपत्याकाकै कुनै पसल अनि गोदामवाट बेचिइरहेको छ त कतै तस्करी भइरहेको छ अनि कुहिएको चामल खाएर कर्ण्ाालीका नागरिक विरामी भएर अस्पताल भर्ना भएको खबर छ त कतै एक किलो नून लिन पनि घण्टौँ लाइनमा बसेर हज्जारौँ रुपैयाँ खर्च गर्न परेको तर खोजेजति नून नपाइएको समाचार संचारमाध्यमहरुले फुक्दा ,लेख्दा पनि यो सरकारले बजेटमा त्यस्ता विकृति विसंगति हटाउने दिशामा कुनै कुरा उठाएको छैन । बरु बजेटमा अझ गुलियो ,रसिलो र भरिलो आश्वासनका माम मिसाइएको छ ,अनि भोकाएका नागरिकलाई गुलियो ललिपप देखाएर अल्मल्याउने प्रपञ्च यस बजेटले गरेको छ । अझ बस्ने बास नभएर झुपडी तथा ओडारमा रात विताउने र अन्न खान नपाएर गिठ्ठा भ्याकुर कन्दमूल खाएर रात विताउने नागरिकको लागि यसपालिको बजेटले कुनै राहतको प्याकेज ल्याउन सकेको छैन । यसवाट के प्रष्ट हुन्छ भने यो बजेटले दुर दराजको नागरिकलाई आश्वासनको माम पस्किने बाहेक अरु नयाँ काम गर्न सकेको छैन ।
बेरोजगारलाई लोप्पा ,रोजगारलाई तलब र भ त्ता
हरेक पटकको बजेट आउँदा देशमा रहेका बेरोजगार नागरिकलाई सधैँ उपेक्षा गर्ने गरिएको छ । बेरोजगारहरु रोजगार नपाएर मरौँ या बाँचौको अबस्थामा पुगेका छन् । बेराजगार भएकै कारण विभिन्न विकृति र विसंगतिको फन्दामा परेका छन् साथै असंख्य अपराधिक गतिविधि गर्न पुगेका छन् । दैनिक सयौँ युवा रोजगारीको लागि विदेशिएको अबस्था छ । बेरोजगारको यत्रो समस्या देख्दा देख्दै पनि बजेट बेरोजगार समस्यालाई समाधान गर्ने दिशामा कुहिरोभित्र अल्मलिएको काग झैँ कता अल्मलिएको छ । लाखौँ बेरोजगार नागरिकलाई रोजगारीको अबस्था सिर्जना गर्ने कार्यक्रम नल्याई सरकारलेे बेरोजगारलाई लोप्पा खुवाउने काम गरेको छ भने रोजगार पाएकाहरुलाई भने यो बजेटले तलब बृद्वि गर्नुको साथ त्यतिकै मात्रामा भत्ता समेत बढाएको छ । बेरोजगार युवालाई लक्षित गरी ल्याइएको स्वरोजगार कार्यक्रम पनि तिनै पहँुचवालाहरुको मूठ्ठीमा छ ,वास्तविक बेरोजगारहरुको पक्षमा काम हुन सकेको छैन । अर्बौँ रुपैयाँ तिनै पहँुचवालाहरुले झवाम्म पारेका छन् अत पीडित बेरोजगार नागरिकलाई रोजगार दिन र नक्कली बेरोजगारको हातवाट अर्बौ फिर्ता लिएर सहि ढंगले स्वरोजगार कार्यक्रम संचालन गर्ने कुरामा सरकार र बजेटको ध्यान जान सकेको छैन । स्वरोजगार कोषका हाकिम र त्यहाँका आसेपासे कसरी मोटाउन सकिन्छ भनेर मन्त्री र सचिवको थैलो भर्न लागेका छन् भने मन्त्री र सचिवहरुलाई आएको कमिसनको भागवन्डा कसरी गर्ने भन्ने कुराले पिरोलेको छ । तर्सथ यो बजेटले बेरोजगारलाई लोप्पा र रोजगारलाई तलब र भत्ताको व्यवस्था गरेको छ ।
असाहय ,निमूखा र उत्पीडितलाई सपना
जीवन जीउने आधार नभएर सडक र सडक पेटीमा रात विताउने र सडककै पेटीमा बसी मागेर गुजरा चलाउने नागरिकहरुलाई यसपालिको बजेटले नयाँ नेपालको सपना मात्र बाँढेको छ । उनीहरुलाई नेपाली नागरिक सम्म ठानेन सरकारले अनि चिन्दै चिनेन बजेटले । गाँस ,बास ,कपास लगायतको व्यवस्था उनीहरुको पक्षमा छैन । राज्यले आज पनि उनीहरुलाई ठगिरहेको छ ,हेपी रहेको छ । त्यस्ते विभिन्न दर्ीघ रोग लागेर उपचारको लागि सडकमा रोइकर्राई गर्ने नागरिकलाई निशुल्क उपचार गर्ने व्यवस्था गर्न पनि बजेट असफल भएको छ । त्यस्तै सडकमा बसेर सडकलाई नै आफ्नो घर पाठशाला मानेर बसेका सडक बालवालिकालाई गाँस ,वास र कपासको व्यवस्था गरी योग्य नागरिकको रुपमा विकास गरी राष्ट्रनिर्माणमा लगाउने कार्यमा पनि बजेट अल्मलिएको छ । विभिन्न उत्पीडनवाट उत्पीडित भएकाहरुलाई राहातको प्याकेज ल्याउन पनि सरकार चुकेको छ । यसवाट के प्रष्ट हुन्छ भने सरकार र बजेट असाहय ,निमूखा र उत्पीडितलाई खाली उधारो सपना मात्र बाँढिरहेको छ ।
सभासद्लाई डेढ करोड ,नागरिकलाई हात लाग्यो शून्य
देशलाई विकसित बनाएर अगाडि लैजान पर्ने ठाउँमा यो बजेटले केवल सयौँको संख्यामा रहेका सभासद्हरुलाई लाखौँ तलब भत्ताको अलवा डेढ करोडको व्यवस्था गरेको छ । आफूहरुले आफूखुसी खर्च गर्न ५ करोड पाउन पर्छ भनेर संसद बैठक अबरुद्व पार्ने कथित लुटेरा सभासद्हरुलाई धम्कीको भरमा वैधानिक रुपमा डेढ करोड र अबैधानिक रुपमा करोडौँ दिने काम गरिएको छ ,यस्तो हर्कतले यो बजेट किन र कसका लागि आएको हो भन्ने कुरा प्रमाणित भएको छ । पाँच करोड हात पारेर अघिल्लो चुनावमा लागेको चुनाबी खर्च उठाउन सकिन्छ कि भनेर दाउ हेरेका कथित लुटेरा अनि लोभी पापी सभासद्हरु अन्तत जनताको खून ,पसिना र करवाट आएको डेढ करोड उम्काउन सफल भएका छन् । राज्यमा खुलेआम अर्बौको डकैति हँुदा पनि राज्यका जिम्मेवार निकाय अख्तियार र्,र्सतकता केन्द्र र सर्वोच्च अदालतको ध्यान जान सकेको छैन । कसैले १०० रुपैयाँ खाँदा भ्रष्टाचार भयो भनेर समातेको नाटक गर्ने अख्त्ियार प्रत्येक सभासद्ले डेढ करोड लैजान सक्दा समेत आँखा छोपेर ,मुख बन्द गरेर बसेको छ । आम नागरिकले त्यत्रो विरोध गर्दा गर्दै पनि सभासद्हरु डेढ करोड खान तम्सिएकाले सभासद्हरु संविधान बनाउन गएका हुन कि आफ्नो भविष्य अनि ज्यान बनाउन गएका हुन् भन्ने प्रश्न उव्जिएको छ ।
सभासद्हरुले डेढ करोड पाउने समाचार र्सार्वजनिक भइरहँदा ३० ,००० पाए त राम्रो सानो तिनो व्यवसाय गरेर स्वरोजगार बन्थेँ भन्नेहरु कर्राई रहेका थिए । साथै आफ्नो कोठमा दाल ,चामल र ग्याँस नपाएर भोकै रात कटाएका मान्छे पनि भेटिन्थे । खल्तीमा एक पैसा नभएका नागरिक छन् जो सधैँ दुःख गर्दथे तीनीहरु अभाव झेलेर बाँचीरहेका छन् । आफ्नै व्यापार व्यवसाय संचालन गर्न चाँहने नागरिकहरु पाखुरामा बल छ ,मनमा जोस छ ,जाँगर र उत्साह छ तर हातमा पैसा छैन के गर्ने भनेर अल्मलमा परिरहेका छन् तर देश लुट्न पल्केका लुटेराहरु भने करोडौँको मोलमलाई गर्दै थिए । करोड रकम खानको लागि संसद बैठक समेत अवरुद्व पारिरहेका थिए । थुक्क सासंद ,थुक्क देश ,यसरी पनि चल्छ -नागरिकहरु धिक्कार्दै छन् ।
मान्छेहरु यसो पनि भनिरहेका छन् ६०१ जनालाई डेढ करोडको दरले दिँदा अबौ हुन्छ त्यो पैसाको दुरुपयोग हुन्छ बरु सभासद्लाई आफू खुसी खर्च गर्न दिनुको सट्टा पाँच विकास क्षेत्रमा पाँच वटा उद्योग धन्दा खोलि दिएको भए ,औद्योगिक क्रान्ति मार्फ आर्थिक क्रान्तिमा जान पनि सकिने र हज्जारौँ बेरोजगार नागरिकले स्वदेशमै छाती फुलाएर आत्मगौरव र सम्मानका साथ काम गर्न पाउने थिए । तर देश दुनियाँ लुट्न पल्केका प्रधानमन्त्री ,मन्त्री ,सभासद् र आफूलाई उच्च ओहोदाको व्यक्तित्व ठान्ने लाइसेन्स प्राप्त वैधानिक डाकाहरुको ध्यान सधैँ राज्यमा डकैति मच्चाउन मात्र गएको देखिन्छ । उनीहरु रातारात करोडपति र्,अर्बपति बन्दै छन् भने विचरा निमूखा र उत्पीडित नागरिक रोडपति बनी रहेका छन् यो कुरालाई लक्षित गरी कसले सोही अनुसारको बजेट ल्याउने -आम नागरिक प्रश्न गरिरहेका छन् सरकार र बजेट निर्माण गर्ने हरुलाई -अनि भनि रहेछन् हाम्रो हित र पक्षमा कहिले आउछ बजेट? कसरी आउछ बजेट ? अनि कति आउछ बजेट ?

प्रतिक्रियाहरु