कुर्सि र सत्ताको लोभमा राजनीती नगर – कृष्णप्रसाद चिमौरिया

२०७३ श्रावण १४ गते, शुक्रबार

बास्तबमा नेपाली राजनितीले स्थायित्व लिन नसक्नुको कारण के होला ? आज यो प्रश्न धेरै नेपाली मनहरुले सोधिरहेको होला । किन हाम्रो देशका नेताहरु नेपाल र नेपालीको भन्दा बिदेशीको चालमा चल्ने गोट्टी बन्न चहान्छन् ? पैसाको लोभले कि सत्ता र कुर्शीको लोभले ? यिनीहरुलाई आफ्नो देश भन्दा अर्काको देशको सुरक्षाको चासो किन हुन्छ ? नेपालमा चिनीया रेल आँउदा नेपाल बिकशित हुँदा भारत आशुरक्षित हुन्छ रे, हो यस्तै धेरै कारणले नेपाली राजनितीमा असर गरेको छ । यस्तो कु कर्म गर्नु कतीसम्म जाहेज होला ? नेपाली भुमीको माया भए, नेपाली आमाका सपुत हौ भने, नेपाली भुमिको रक्षा गर, नेपाली जनताले चाहेको राजनितीक स्थीरता, शान्ति र स्थायित्वको लागी ध्यान देउ । यसमा नै तिमीहरुको राजनितीक भबिष्य उज्जवल हुनेछ । सक्छौ भने सु-कार्य गर, कु-कर्म र कु-राजनिती नगर । नेपाली जनताको आशाको किरणमा कालो बादल बनी नछेक ।
नेपाल देश हामी सबै नेपालीको हो । बर्षौँ देखिको यो कु-राजनितीक खेलले नेपील आफैँ अ-बिकशित ,अ-शान्तिको चरम बिन्दुमा पुगेको छ । नेपालमा बिदेशी स्वार्थको राजनिती गर्ने प्रबृतिले गर्दा नेपाली जनता बिदेशीको दासी भएका छन् । नेपाली जनतालाई निस्वार्थ, निडर, नेपाल र नेपाली भावनाको कदर गर्ने नेताको खाँचो छ । हाल नेपालको राजनितीमा यस्ता कुशल राजनितीज्ञको खाँचो छ ।
नेपाल र नेपाली जनतालाई कुर्सीका लागी लुछ्छाचुडी, तानातानी गर्ने नेता बिल्कुलै चाहिएको होईन । तिमीहरु बास्तबिक बिदेशी दलाल हौ। यस्तो राजनितीक वाताबरणले नेपाल र नेपाली मनलाई बेखुस बनाएको छ । यस्तो वाताबरण सिर्जना गरेर बिदेशिलाई खुसी बनाएको र बिदेशीको गोट्टी बनेकोमा नेपाली जनता धेरै दुखी छन् ।
सक्छौ भने, निमुखा , दुखीत् नेपाली मनहरुलाई खानेपानी,बिजुली, मोटरबाटो,स्वास्थ्य चौकी देउ । सक्छौ भने, भुकम्पपिडीत् दुखी नेपालीको पालको छाप्रोमा आँखा लगाउ । नेपालीले आफुले नै गरीखीने नेपालको श्रीजना गरिदेउ । बिकट बिकटमा बस्ने नेपाली बस्तीका नेपालीलाई हेर ।कुर्सि र सत्ताको लोभ र मायाले राजनीती नगर ।
राजनिती गर त सिर्फ नेपाल र नेपाली जनताको लागी गर । यदी तिमीहरुको यस्ताै कु-राजनिती परिपार्टीले तिमीहरुको राजनितीक जिबनको अन्त्य जरुरी छ । राजनिती गर , निस्वार्थ भावनाले गर ,त्यसमा नै नेपाल , नेपाली र स्वयम् तिमीहरुको भलो हुनेछ । यस्तो राजनितिज्ञले नै नेपालीमनहरु जित्ने छ र नेपालमा बिकासको लहर छाउने छ । – हाल : मलेसिया

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु