कुर्मी र प्रहरीबीच गोली हानाहान

२०७६ फाल्गुन ७ गते, बुधबार

काठमाडौं, ७ फागुन । प्रहरी र अपराधिबीच रौतहटमा गोली हानाहान भएको छ । प्रहरीलाइ एम्बुस थापेर बसेका कामेश्वर पटेल कुर्मीले प्रहरीमाथि नै गोली चलाएपछि गोली हानाहान भएको प्रहरीको दावी छ । हत्या तथा अन्य दर्जनभन्दा बढी अपराधमा संलग्न रहेका कुर्मी फरार अभियुक्त हुन् । प्रहरीका अनुसार रौटहट र बाराबाट खटिएको संयुक्त टोलीमाथि कुर्मीले चन्द्रपुर नगरपालिका ४ स्थित जगलसहियामा गोली चलाएको थिए । ‘जगलसहियामा प्रहरीलाई एम्बुस थापेर बसेका अपराधिले हामी माथिनै गोली चलाएपछि आत्मरक्षाका लागि हामीले चार राउन्ड गोली चलायौं’ – रौंतहट प्रहरीले जनायो ।
प्रहरीले चलाएको गोली लागेर घाइते भएका कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको बायाँ खुट्टामा २ राउण्ड गोली लागेको प्रहरीले जनाएको छ । कर्तव्य ज्यानलगायत दर्जनौं अभियोग लागेका कुर्मी फरार रहेका थिए । उनको साथबाट प्रहरीले १ थान नलकटुवा पेस्तोल र ५ राउन्ड गोली बरामद गरेको छ । कुर्मी तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु