कुरूप चेहरा नदेखाउ – भरत दाहाल

२०७३ असार १० गते, शुक्रबार

अफगानिस्तानमा निरपराध नेपालीहरू पश्चिमा साम्राज्यवादीहरूकाे बलिकाे बाेका बनार्इएपछि सरकारले खाडिका ३ देश र अफगानिस्तानमा राेजगारीका लागि मानिस पठाउन प्रतिबन्ध लगाएकाे समाचार अाएकाे छ । याे निर्णय गर्नुभन्दा पहिले पनि ती क्षेत्रहरूमा नेपालीहरूकाे गैर कानूनी तस्करि हुँदै अाएकाे कुरा राज्यलार्इ थाहा थियाे तर दलका नेताहरू नै म्यानपावरका मालिक भएकाे हुनाले यसलार्इ नदेखेझैं गरिएकाे थियाे। काबुल विष्फाेटले मानव तस्करिलार्इ छताछुल्ल पारेपछि प्रतिबन्धकाे नाटक देखार्इएकाे छ। याे लागु हुँदैन भन्ने कुरा प्रष्ट छ।
सरकारकाे याे निर्णयले अर्काे प्रश्न जन्माएकाे छ। नेपालबाट ती देशहरूमा मानिसहरू बेच्न त प्रतिबन्ध लगार्इयाे तर अमेरीका, क्यानडा र यूराेपीयनहरूले अाफ्नाे सेनामा नेपाली भर्ति गरेर युद्धमा पठाउन अनुमति पाएका हुन् ? अमेरीका जाने अधिकांश विदेशीहरूलार्इ सेनामा भर्ति गरेर गुद्धग्रस्त देशहरूमा पठाउने गरिएकाे छ। अहिले अमेरीकी सेनामा सैंयाै. नेपालीहरू भर्ति गरिएका छन् र गरिंदैछन्। यसमाथि प्रतिबन्धकाे निर्णय गरेर संबन्धित साम्राज्यवादीहरूलार्इ चेतावनी किन दिर्इएन ? विदेशी सेनामा नेपाली भर्तिकाे निन्दा किन गरिएन ?
याे षडयन्त्र हाे। साम्राज्यवादकाे तरफदारि गरेर बाँच्ने घृणित चाल हाे। जबसम्म साम्राज्यवादीहरूलार्इ यस कामका लागि राेकिन्न, तबसम्म अफगानका घटनाहरू दाेहरिर्इ रहने छन्। इराककाे घटनापछि पनि यस्तै प्रतिबन्ध लगार्इएकाे थियाे तरत्यसकाे कुनै अर्थ रहेन। यति मात्र हाेर्इन, त्यहाँ नेपालीहरू पठाउने म्यानपावर नामका मानव तस्करहरू र नेताकाे रक्षाकबचमा त्यसमा लगानि गरेर रूक्त धन (ब्लड मनि) कुम्ल्याउँदै अाएका पेशेवर नरभक्षिहरूमाथि कार्वाहि हुन्छ कि हुँदैन ? यी सबै अपराधिहरूमाथि कार्वाहि हुँदैन भने प्रतिबन्धकाे नाटक गर्नेहरू नै यसका लागानिकर्ता हुन भन्ने कुरा बुझ्नु पर्छ। कुरूप चेहरा नदेखाएर नेपालीपन देखाउ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु