कुनै पनि पदमार्गमा यात्रामा लगाइएको छैन: पर्यटन मन्त्रालय

२०७१ कार्तिक ४ गते, मंगलवार

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको कुनै पनि पदमार्गमा यात्रा गर्न रोक नलगाइएको र सबै पर्यटकीय गन्तव्यमा रहेका मार्गमा पदयात्रा अनुमति दिने कार्य निरन्तर जारी रहेको जनाएको छ ।पदयात्रा गर्ने कार्य साहसिक र जोखिमपूर्ण भएकाले यस्तो कार्यमा जाँदा पर्याप्त सुरक्षाका उपाय एवम् यथोचित बिमासहित दक्ष पथप्रदर्शकको व्यवस्था गरी जानुपर्ने हालै पश्चिमाञ्चल क्षेत्रका अन्नपुर्ण ट्रेकिङ मार्गलगायतका हिमालहरुमा घटेको दुखद घटनाले सचेत गराएको मन्त्रालयले जनाएको छ ।
केही सङ्घसंस्था र पत्रपत्रिकाकुनै पनि पदमार्गमा यात्रा गर्न रोक लगाइएको छैन: पर्यटन मन्त्रालय सरकारले पदयात्रा अनुमति दिन रोक लगाएको भन्ने समाचार प्रशारण गरिएको भन्दै यस्ता भ्रामक समाचारप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रियाहरु