संविधान प्रदत्त अधिकारमाथि कुठाराघात

२०७४ फाल्गुन १३ गते, आईतवार

एमालेका अध्यक्ष केपी ओलीले सरकारको बागडोर सम्हालेपछि संविधान प्रदत्त अधिकारमाथि कुठाराघात हुन थालेको छ । जसको उदाहरण केपी शर्मा ओली प्रधानमन्त्री भएर बालुवाटार निवास छिर्दै गर्दा विराटनगरमा शान्तिपूर्ण कार्यक्रममा सहभागी नेकपाको स्थायी समिति सदस्य सुदर्शन, पोलिटब्युरो सदस्य पदम राईलगायत २०० जनालाई गिरफ्तार गरियो । जुन ज्यादै निन्दनीय र लज्जास्पद विषय हो । त्यसैगरी, केपी ओलीले सरकारको बागडोर सम्हालेसँगै गृह प्रशासनले नेकपाका नेता तथा कार्यकर्तालाई जहाँ भेट्यो, त्यही गिरफ्तार गर्ने र शान्तिपूर्ण कार्यक्रममा समेत बन्देज लगाउने नीति अख्तियार गरेको सार्वजनिक भएको छ, जुन संविधानविरुद्ध छ । सरकारको यस्तो कार्यशैलीले नेकपालाई उत्तेजित बनाउने र देशलाई अस्थिरतातिर धकेल्ने प्रपञ्चको संकेत दिन्छ, जुन ज्यादै निन्दनीय छ । त्यसैले सरकारले यस्तो हर्कत तत्काल बन्द गर्नुपर्छ । आमसर्वसाधारण जनता र राजनीतिक दलले संविधानले प्रत्याभूत गरेका हकअधिकारको बिनारोकतोक उपयोग गर्न पाउनुपर्छ । अन्यथा सरकार र संविधानप्रतिको जनआस्था टुट्न सक्छ । जुन देश र जनताका लागि ज्यादै घातक हुन जान्छ । त्यसैले सरकारले निरङ्कुशतावादी शैली तत्काल त्याग गर्नुपर्छ । शान्तिपूर्णरुपमा सभा, सम्मेलन कार्यक्रमबाट गिरफ्तार गरिएका र भूmठा मुद्दामा फसाइएका नेकपालगायतका सम्पूर्ण राजनीतिक दलका नेता तथा कार्यकर्तालाई तत्काल बिनासर्त रिहाइ गर्नुपर्छ । अन्यथा सरकार र संविधानप्रतिको जनआस्था टुट्न पुग्छ । जनआस्था नभएको संविधान दिगो बन्न सक्दैन । संविधान नै नटिके सरकारको के हालत होला ? बेलैमा बुद्धि पु-याउन आवश्यक छ ।

प्रतिक्रियाहरु