कुकुरको नाम राख्दा पक्राउ

२०७६ जेष्ठ ६ गते, सोमबार

काठमाडौं, ६ जेठ । चीनको अनहुई प्रान्तका एक बासिन्दाले आफ्ना कुकुरको नाम छङक्वान र शिक्वान राखेपछि पक्राउ परेका छन्। त्यस राज्यका सरकारी अधिकारीको नामसँग कुकुरको नाम मिलेपछि उनी पक्राउ परेका हुन्। अधिकारीको बेइज्जत गर्न यस्तो गरिएको भन्दै यिङचोउ प्रहरीले यस्तो कदम चालेको हो। ३१ वर्षीय प्यानले कुकुरपालन गर्दै आएका छन्। उनले चिनियाँ सामाजिक सञ्जाल वीच्याटमा ती कुकुरको नाम पोस्ट गरेका थिए। सार्वजनिक सञ्जालमा ती नाम आएलगत्तै उनलाई प्रहरीले गिरफ्तार गरेको थियो। प्रहरीले चीनमा पाल्तु जनावरको नाम कुनै अधिकारीको नाममा राख्नु गैरकानुनी भएको स्पष्ट पारेका छन्। उनलाई १० दिनसम्म हिरासतमा राखिनेछ। चीनको सुरक्षा कानुनअन्तर्गत यो सजनय दिइएको प्रहरीले बताएको छ। छङक्वान नगर क्षेत्रमा अपराध नियन्त्रण गर्ने अधिकारी हुन् भने शिक्वान अनौपचारिक सामुदायिक कार्यकर्ता भएको प्रहरीले बताएको छ।- अन्नपूर्णँ पोष्टबाट

प्रतिक्रियाहरु