किरणसग गुहार माग्दै प्रचण्ड

२०७१ कार्तिक १५ गते, शनिबार


काठमाडौँ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सत्तारुढ दलहरुका कारण राष्ट्र परिवर्तनको मुद्दा गुम्ने खतरा रहेको भन्दै आफूलाई साथ दिन नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणसग गुहार मागेका छन् । एमाओवादी ललितपुर जिल्ला कमिटिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा एमालेले पेल्न खोजेको आरोप लगाए । कार्यक्रममा उनले आफूलाई साथ दिन नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यलाई अनुनय समेत गरे । उनले आफ्नो ठुलो मुद्दा संघीयताको बिरोध गरे संबिधान ने जारी नहुने चेतावनी समेत दिए । उनले भने,‘दुई ठूला भनिएका दलहरुका कारण परिवर्तनका मुद्दा गुम्ने खतरा पैदा भएको छ’ ‘यसलाई रोक्न पार्टी एकता भएर जानुको बिकल्प छैन् उनले बैद्यलाई आग्रह गर्दै थपे, बैद्यजी तपाई आउनुपर्यो, हाम्रो मुद्दा गुम्न लाग्यो ।’ कार्यक्रममा बोल्दै प्रचण्डले आफुहरु संविधान निर्माणका लागि रातदिन खटिएको दावी समेत गरे । कांग्रेस र एमालेका नेताहरु खुलेआम संघीयताको बिरोधमा उत्रेको भन्दै प्रचण्डले संघीयताको विरोध नगर्न आग्रह गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु