किरणको काख खोज्दै प्रचण्ड

२०७१ जेष्ठ ३१ गते, शनिबार

काठमाडौँ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी समग्र राजनीतिक क्षेत्रमा असफल हुँदै गएपछि आफ्नो साख जोगाउन पार्टी एकीकरण गर्ने भन्दै नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’को शरणमा पुगेका छन् । एमाओवादी अध्यक्ष प्रचण्ड यतिबेला आफ्नो राजनीतिक छवि गुम्ने भएपछि बारम्बार माओवादीका अध्यक्ष किरणसँग पार्टीकीकरण गर्नुपर्ने नत्र दुवै माओवादीको भविष्य अन्धकार हुने भन्दै रोइकराइ गर्न थालेका छन् । विराटनगर सम्मेलनपछि लगभग विघटनको संघारमा पुगेको एमाओवादी यतिबेला आफ्नो अस्तित्व जोगाउन माओवादीसँग एकताको लागि मरिहत्ते गरिरहेको छ । नेकपा-माओवादीका केही नेताहरुलाई उचालेर समग्र राजनीतिक वैचारिक पक्षलाई एकातिर पन्छाएर एमाओवादी अहिले माओवादीमा समाहित हुन खोजिरहेको छ । अस्तित्व रक्षाको लागि भौँतारिरहेका एमाओवादी अध्यक्ष प्रचण्ड अहिले दिनहुँजसो माओवादी अध्यक्ष किरणको दैलो धाउन थालेका छन् । तर, माओवादीभित्रका केही नेताहरुले यथास्थितिमा पार्टीकता हुन नसक्ने बताएपछि प्रचण्डको रणनीति छताछुल्ल भएको छ । तर, पनि एमाओवादी अध्यक्ष प्रचण्ड हार नमानी लगातार पार्टी एकताको निम्ति माओवादीसमक्ष अनुनयविनय गरिरहेका छन् । एमाओवादी र माओवादीबीच तत्काल एकता गर्ने पक्षमा शीष नेता रहे पनि पार्टीीत्र एकमत नहुँदा तत्काल एकता असम्भव देखिएको छ । एमाओवादी र नेकपा-माओवादी दुबैका अध्यक्ष एकताको पक्षमा देखिए पनि पार्टीीत्र उठेका फरक मतका कारण ‘एकता कि संयुक्त मोर्चा बनाउने’ भन्नेमा विवाद भएको छ । दुबै पार्टी नेताहरुबीच केही दिनअघि काठमाडौँमा बसेको एक गोप्य बैठकमा यस विषयमा लामो छलफल भएको थियो । बैठकमा एमाओवादी अध्यक्ष प्रचण्ड र नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यले तत्काल पार्टीीमलाएर अघि बढ्नुपर्ने धारणा राखेका थिए । तर, राजनीतिक विचार र कार्यक्रमका आधारमा तत्काल त्यो सम्भव नहुने बाँकी नेताहरुले बताएका छन् । एमाओवादीबाट बाबुराम भट्टर्राई र माओवादीबाट सचिव नेत्रबिक्रम चन्द विप्लबले भने तत्कालै एकता असम्भव भएकाले संयुक्त मोर्चा वा अन्य आधार बनाई अघि बढ्नु पर्ने पक्षमा उभिएका थिए । ‘एकताको कुरा नमिलेपछि फेरि बस्ने कुरा भएको छ’ बैठकमा सहभागि एक नेताले भने । बैठकमा एमाओवादीको तर्फाट अध्यक्ष प्रचण्ड, नेता भट्टर्राई, महासचिव कृष्णबहादुर महरा थिए भने माओवादीबाट अध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा र सचिव विप्लब सहभागी थिए । संविधानसभा निर्वाचनमा अनपेक्षित हार र ࣸद्वन्द्वकालीन मुद्दा ब्युँताउनेलगायत कारणले एमाओवादी अध्यक्ष प्रचण्ड जसरी हुन्छ पार्टी एकता गर्नुपर्ने पक्षमा खुलेरै लागेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु