किमाथांका नाकासम्म सडक विस्तार गरिदैं

२०७३ मंसिर २३ गते, बिहीबार

काठमाडौँ, २३ मंसिर । संखुवासभाको किमाथांका नाकासम्म सडक विस्तारलाई तिव्रता दिन हेलिकप्टरबाट डोजर लगिएको छ । उत्तर–दक्षिण कोशी सडक अन्तर्गत किमाथांका नाकासम्म दुई वर्षभित्र सडक निर्माण सम्पन्न गर्न डोजर लगिएको हो । सेनाको हेलिकप्टरबाट ढुवानी गरिएको २ वटा डोजर र २ ट्याक्टर संखुवासभाको नुमबाट हटिया गाउँमा झारिएको हो ।
उत्तर–दक्षिण कोशी सडक कार्यालयका योजना प्रमुख पशुपति ज्ञवालीले तत्कालै काम शुरु गर्ने बताए । उनले संखुवासभाको हटिया पेजुङ खोलादेखि चेपुवाको हाङदाक खोलासम्मको १४ किलोमिटर सडक गजुरमुखी निर्माण सेवाले बनाउने बताए । हटियासम्म ट्रयाक ओपन नभएकाले बीचको खण्ड निर्माणका लागि हेलिकप्टरबाट डोजर लगिएको हो । किमाथांकासम्म सडक बिस्तारको काम दुई वर्षभित्र सम्पन्न हुने बताइएको छ । करिब ५० करोड रुपैयाँको लागतमा सडक बनाउन लागिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु