किमले अस्पताल पुगेर घाइते चिनियाँ भेटे

२०७५ बैशाख ११ गते, मंगलवार

काठमाडौं, ११ वैशाख । उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटनामा परी भएको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेका छन् । आइतबार राति प्योङयाङको दक्षिण भागमा भएको सो दुर्घटनामा ३२ चिनियाँ र चार उत्तर कोरियाली नागरिक मारिएका थिए भने दुई चिनियाँ नागरिक घाइते भएका राज्यद्वारा सन्चालित सन्चारमाध्यमले जानकारी दिएको छ ।
यस घटनापछि नेता किमले उत्तर कोरियास्थित चिनियाँ राजदूतलाई व्यक्तिगतरुपमा भेटघाट गरेका छन् । साथै, त्यसपछि अस्पताल गएर चिनियाँ घाइते नागरिकलाईसमेत भेटवार्ता गरेको बताइएको छ । एक स्थानीय समाचारपत्रले अस्पतालमा गएर चिनियाँ नागारिकसँग भेटघाट गरेको नेता किमको फोटो छापेको छ । उत्तर कोरियाको एउटा पुलबाट पर्यटक बस तल झरेर दुर्घटना भएको सोमबार नै अन्तरराष्ट्रिय सन्चारमाध्यमले जानकारी दिएका थिए ।- रासस/एएफपी

प्रतिक्रियाहरु