काेराेना संक्रमितकाे संख्या ६७५ पुग्याे !

२०७७ जेष्ठ १२ गते, सोमबार


काडमाडाैं, १२ जेठ । नेपालमा काेराेना संक्रमितकाे संख्या ६७५ पुगेकाे छ । नयाँ संक्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका रहेका छन् । स्वास्थ्य मन्त्रलयाकाे अनुसार कपिलवस्तु शिवराज नगरपालिका वाड नं ४, ५ र ६ का १९, २० र २३ वर्षीय पुरूषहरू छन् । काठमाडाैंमा पनि तीन जनाकाे काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रलयले जनाएकाे छ । टाेखा नगरपालिका २ जना र बुढानिलकण्ख नगरपालिकाका एक जना २७, ४१ र ३७ वर्षीय पुरूषहरूमा काेराेना संक्रमण पुष्टि भएकाे छ । त्यस्तै बारा कलैया नगरपालिका १ का २५ र ३५ वर्षीय पुरूषहरूमा पनि काेराेना पुष्टि भएकाे छ ।
राैतहटमा मात्रै २६ जनामा काेराेना संक्रमण भएकाे स्वास्थ्य मन्त्रलयले जनाएकाे छ । मन्त्रलयकाे अनुसार राैतहट राजपुर फरहदवाका वडा नं २, ६, ८ र इशानथ २ का १८, १९, २२, २७, ३०, ३१, ३३, ३५, ३५, ३५, ३६, ३६, २६, २८, ४०,४०, ४०, ४२, ४३, ४८, ४८, ४८, ४९, ५०, ५१ र ५३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । कुल संक्रमितमध्ये ३ जनाको मृत्यु भइसकेकाे छ भने १०५ जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला, बाँकेका २५ वर्षीय युवक र गुल्मीका ४१ वर्षीय पुरुषकाे मृत्यु भएकाे छ ।
हालसम्म नेपालका ७७ जिल्लामध्ये ३८ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । अहिले देशभरका क्वारेन्टाइनमा ३९ हजार ८ सय ४ जना छन् भने ५ सय १३ जना आइसाेलेसनमा छन् । त्यस्तै हालसम्म ४८ हजार २ सय १२ जनाको पिसिआर परीक्षण गरिएको छ भने ९० हजार २६ जनाको आरडिटी परीक्षण भएको छ । चैत ११ गते देखि देश नै ‘लकडाउन’मा छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु