काेराेना संक्रमितकाे संख्या ६० लाख नाघ्याे !

२०७७ जेष्ठ १७ गते, शनिबार

काठमाडाैं, १७ जेठ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शनिबार बिहानसम्म काेराेनावाट ३ लाख ६६ हजार ४२१ जनाकाे मृत्यु भएकाे छ भने संक्रमितकाे संख्या ६० लाख २६ हजार ४१८ पुगेकाे छ । कुल सङ्क्रमितमध्ये २६ लाख ५६ हजार १४४ उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा झण्डै ७ गुणा बढी हाे । अहिले विश्वभर ३० लाख ३ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ भने ५३ हजार बढीकाे अवस्था गम्भीर रहेकाे छ ।

पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर १ लाख १५ हजार बढी नयाँ काेराेना संक्रमित भेटिएका छन् भने ४ हजार ८ सय ८९ जनाकाे मृत्यु भएकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । शुक्रबार बिहानसम्म विश्वभर काेराेना संक्रमित हुनेकाे संख्या ५९ लाख ९०७ थियाे भने मृत्यु हुनेकाे संख्या ३ लाख ६१ हजार ५४९ थियाे ।

प्रतिक्रियाहरु