काेराेनावाट ३ लाख ४० हजारकाे मृत्यु, संक्रमितकाे संख्या ५३ लाख पुग्याे !

२०७७ जेष्ठ १० गते, शनिबार

काठमाडाैं, १० जेठ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेकाे संख्या ३ लाख ४० हजार पुगेकाे छ भने संक्रमित हुनेकाे संख्या भने ५३ लाख ३ हजार ३९३ पुगेकाे छ । कुल सङ्क्रमितमध्ये २१ लाख ५८ हजार ५१० उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा झण्डै साढे ६ गुणा बढी हाे । अहिले विश्वभर २८ लाख ३ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ भने ४४ हजार बढीकाे अवस्था गम्भीर रहेकाे छ ।
पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर १ लाख ७ हजार बढी नयाँ काेराेना संक्रमित भेटिएका छन् भने ५ हजार २ सय २५२ जनाकाे मृत्यु भएकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । शुक्रबार बिहानसम्म विश्वभर काेराेना संक्रमित हुनेकाे संख्या ५१ लाख ९३ हजार ७६० थियाे भने मृत्यु हुनेकाे संख्या ३ लाख ३४ हजार ५९७ थियाे ।

प्रतिक्रियाहरु