कालोबजार नियन्त्रण गर – राजेन्द्र चिमौरिया

२०७२ मंसिर ५ गते, शनिबार

भारतले नाकाबन्दी गरेपछि देश, जनताको स्थिति दयनीय बनेको छ । जनजीविका अस्तव्यस्त भएको छ । खाद्यान्न र इन्धनको अभाव भएप िकालो बजारी मौलाएको छ । तर, सरकारले ठोस कार्य गर्न सकेको ैन । राजधानीमा एक लिटर पेट्रोल रु. ५०० मा र एक सिलिन्डर ग्याँस पाँच देखि सात हजारसम्ममा बिक्री भइरहेको समाचारहरु आइरहेका छन् । खाद्यान्नको स्थिति पनि त्यस्तै । बजारमा कुनै सामानको मूल्यमा समानता ैन, जसले जति सक्छ, लुटेको स्थिति छ । तर, सरकारी निकाय कानमा तेल हालेर बसेको छ । सरकारले भाषणमा मात्र यसो गर्छु, त्यसो गर्छु भनेर हात बाँधेर बस्नालेक ालो बजारी मौलाएको छ । काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भनेजस्तो सरकारको भाषणले कालोबजारी नियन्त्रण हुनेवाला देखिँदैन । त्यसकारण सरकारले तत्काल कालोबजारी रोक्न विभिन्न टोली बनाई अनुगमनको लागि खटाउन आवश्यक छ । घर, गोदाममा लुकाएर राखिएका सामान तत्काल जफ गर्नुपर्छ । देशले नाकाबन्दी खेपिरहेको समयमा देश र जनतालाई अप्ठ्यारोमा पारी घात गर्ने र लाखौँ कुम्ल्याउने भ्रष्ट र कालोबजारीयाहरुलाई कडाभन्दा कडा कारवाही गर्नुर्प । साथै आमनागरिकले पनि कालोबजारीया सामान नकिनी कालोबजारीलाई समुदायमै नङ्ग्याउने र समाएर प्रहरी प्रशासनमा बुझाउने पहल थाल्नु आवश्यक छ । भारतले गरेको यो नाकाबन्दीलई निस्तेज पार्न आमनेपाली एकजुट हुन आवश्यक छ । यदि हामी आ–आफ्नो स्वार्थतिर केन्द्रित हुने छ भने भविष्यमा त्यो महँगो सावित हुने निश्चित । राजनीकि दल, तिनका नो तथा कार्यकर्ता र र आमनेपाली जगतले बुझ्नुपर्ने कुरा यही हो, चेतना भया…. ।

प्रतिक्रियाहरु