कालोबजारी गर्ने मेडिकललाई जरिवाना

२०७७ बैशाख २३ गते, मंगलवार

काठमाडौं , २३ बैशाख । उपभोक्ता हित संरक्षण कार्यालय धनगढीका प्रमुख कमल बहादुर पुन मगरले कैलालीको अत्तरियामा हिमाल फार्मेसी र धनगढीमा रहेको सरोज मेडिकललाई कालोबजारी गरेकाले जरिवाना गरिएको जनाएका छ्न । लकडाउनको समयमा उपभोक्तालाई सर्जिकल मास्कमा ४७ दशमलव ६२ प्रतिशत बढी मूल्य लिएर बिक्री गरेको आरोपमा अत्तरियामा रहेको हिमाल फार्मेसीलाई दुई लाख रुपैयाँ जरिवाना गराइएको छ भने धनगढी–३ चौराहामा रहेको सरोज मेडिकल हलमा म्याद सकिएका विभिन्न औषधिजन्य वस्तुहरू बरामद तथा जफत गरी २० हजार रुपैयाँ जरिवाना गरिएको हो । उनीहरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ दफा ३८ क बमोजिम २० हजार रुपैयाँ जरिवाना तोकिएको प्रमुख मगरले बताए ।
यस अवधिमा कालोबजारी गर्ने फार्मेसी, औषधी पसलसहित ५ ओटा व्यवसायीलाई कारवाही गरिसके पनि फेरी औषधी पसलमा म्याद गुज्रेका औषधी बिक्रीका लागी राखेको भेटिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु