कालीगण्डकी नदी दोहन र प्रदुषणको चपेटामा

२०७७ बैशाख १४ गते, आईतवार

काठमाडाैं, १४ वैशाख । आध्यात्मिक तथा पुरातात्विक दृष्टिकोणले समेत महत्वपूर्ण मानिने शालिग्राम शिला पाइने विश्वको एकमात्र कालीगण्डकी नदी दोहन र प्रदुषणको चपेटामा परेको छ । स्थानीय निकाय तथा निर्माण व्यवसायीहरुले विकासका नाममा मापदण्डविपरीत नदीजन्य वस्तु उत्खनन् गर्नाले नदीको अस्तित्व संकटमा परेको हो । कालीगण्डकी करिडोर निर्माण र बेनी–जोमसोम सडक बिस्तार तथा स्तरीकरणका नाममा कालीगण्डकी नदीलाई खुम्च्याइएकाले नदीको मौलिक स्वरुप नै परिवर्तन भएको बुद्धिजीविहरुको भनाइ छ ।
वातावरण प्रभावमूल्यांकन प्रतिवेदन विपरीत नदीजन्य वस्तु डोजर लगाएर निकाल्न नपाइने भनिए पनि गौरवका आयोजनाले उपकरणबाट उत्खनन् गर्दै आएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जानकारी दिए ।
कालिगण्डकी नदीअन्तर्गत कालीओढार, भीरकाटे, बेगखोला, ठाडिखोरिया, कुनौटा, रिठाबोट र बैसरीमा मापदण्डविपरीत नदीजन्य वस्तु डोजर प्रयोग गरेर उत्खनन् गर्दै आएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार