कालीगण्डकी करिडोर सम्पन्न हुदै

२०७२ आश्विन १५ गते, शुक्रबार

काठमाडौं । कालीगण्डकी करिडोरको बागलुङ सडक खण्डमा निर्माण द्रुत गतिमा अघि बढेको छ । नेपाली सेनाले जिम्मा लिएपछि सो सडक खण्डमा निर्माण द्रुत गतिमा अघि बढेको हो । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको उक्त आयोजनाको बागलुङखण्डमा गत असार दोस्रो सातादेखि नेपाली सेनाले काम सुरु गरेको हो । १२ किमीकोसडकको ६० प्रतिशत काम पूरा भइसकेको नेपाली सेनाको कालीगण्डकी करिडोर सडक निर्माण कार्यदलले जनाएको छ ।
यसअघि यो आयोजना सोही कार्यालयमार्फत समयमा काम हुन नसकेपछि सरकारले नेपाली सेनालाई जिम्मा दिएको हो । असोजभित्रै मार्ग खोल्ने काम पूरा हुने कार्यदलका इन्जिनियर प्रमुख सेनानी रेश्मीराज भट्टराईले बताए । रू. १५ करोड लागतमा सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएको थियो ।नेपालको दक्षिण सीमा भारतको सुनौलीदेखि र उत्तरी सीमा चीनको कोरलालाई जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कालीगण्डकी करिडोरलाई लिइएको छ । करिब ४३५ किमीको कालीगण्डकी करिडोर नेपालको आर्थिक सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार